सम्झौता भएको अढाई वर्षपछि एमसीसीबारे अध्ययन कार्यदल बनाइनु ‘तमासा’ : प्रधानमन्त्री | Khabarhub Khabarhub

सम्झौता भएको अढाई वर्षपछि एमसीसीबारे अध्ययन कार्यदल बनाइनु ‘तमासा’ : प्रधानमन्त्री


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सैन्य प्रयोजनमा खर्च नहुने र अन्य कुनै कुरासँग नजोडिएकाले यसलाई अनुमोदन गर्नुपर्ने बताएका छन् ।

९ वाम समूहका नेताहरुका तर्फबाट दिइएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमसीसीलाई कार्यान्वयनमा लानु पर्ने बताएका हुन् ।

एमसीसी ५ वर्ष भित्रमा सक्नु पर्ने अनुदान भएको र त्यो के मा खर्च गर्नेसमेत स्पष्ट भइसकेको भन्दै कुनै समस्या नहुने बताए ।

‘एमसीसी एउटा अनुदान हो । ५ वर्ष भित्र हामीले त्यो ५५ अर्वमा ट्रान्समिसन लाइन र बाटो बनाइसक्नु पर्छ । बनाइएन भने जति बाँकी रहन्छ, त्यो त्यही सकिन्छ । यो सम्झौताको अवधि पनि सिद्धिन्छ’ ओलीले भने,‘ यो कार्यक्रमअन्तर्गत अहिले थुप्रै देशहरुमा काम भइरहेको छ ।’

प्रजातन्त्र, मानवअधिकार जस्ता विषयलाई हेरेर एमसीसी स्वीकृत भएको भन्दै प्रधानमन्त्री ओलीले यसबाट पछि हट्न नहुने बताए ।

‘जुन देशमा डेमोक्रेसी छ, त्यसले मात्रै यस कार्यक्रअन्तर्गतको सहयोग पाउँछ । तानाशाही भएका देशले नपाउने, सैन्य प्रयोजनका लागि यसको खर्च हुन नसक्ने र जनतामुखी विकास गर्ने देशलाई मात्र अनुदान दिन सकिने, यो सहयोग पूर्वाधार विकासमा लगाउनु पर्नेछ’ उनले भने,‘ सैन्य प्रयोजनमा लगाउन नहुने र भारतमा बिजुली बेच्नको लागि ट्रासमिसन लाइन नेपालले बनाउने भनेपछि कहाँ खर्च गर्नेभन्दा भारतसँग पनि सहमति गर्ने भनिएको छ । भारतले बिजुली किन्छु भनेर गोरखपुरसम्मको ट्रासमिसन लाइन दिन्छु भनेको हुनाले त्यसमा उसले पनि सहमति गर्नु पर्‍यो भन्ने कुरा हो ।’

८ वर्ष अगाडि २०१२ मा नेपाल यसका लागि एमसीसीका लागि योग्य भएर २०१५ मा आएर अनुदान सहयोग पाउने टुंगो भएको बताउँदै प्रधानमन्त्री ओलीले अहिले आएर यसबारे बहस गर्नु अनावश्यक भएको बताए ।

उनले आफ्नै पार्टीले बनाएको एमसीसी अध्ययन कार्यदलप्रति पनि कटाक्ष गरे ।

‘अढाई वर्ष अगाडि सम्झौता भयो, अहिले आएर अध्ययन गर्न कार्यदल बनाउँदैछौं, यो त तमासा हो’ प्रधानमन्त्री ओलीले भने,‘यस्ता अभ्यासले हाम्रो अन्तर्राष्ट्रिय विश्वसनीयतालाई कमजोर बनाउँछन् ।’

आफूहरुले सरकारमा नभएको समयमा पनि एमसीसी सम्झौता बारे अध्ययन गरेको र यो सही छ भनेको प्रधानमन्त्रीले बताए ।
‘हामीले त्यसैबेला सम्झौताको अध्ययन गर्यौं‍ र यो ठीकै छ, अनुदान लिनुपर्छ भन्ने निष्कर्ष निकाल्यौं’ प्रधानमन्त्री ओलीले भने,‘ हामी प्रतिपक्षमा थियौं, तर पनि हामीले त्यसको समर्थन गर्‍यौं । यो कुनै शर्तअन्तर्गत आएको होइन ।’

एमसीसीलाई रद्द गर्न सकिने प्रावधान समेत रहेको र चित्त नबुझे एक महिना अघि जानकारी दिएर रद्द गर्न सकिने बताए ।

‘हामीले कुनै पनि बेला एक महिना अगाडि जानकारी दिएर त्यसलाई रद्दचाहिं गर्नसक्छौं’ प्रधानमन्त्री ओलीले भने,‘त्यसकारण यो देशको अहितमा छैन र अहितमा नभएको हुनाले यसलाई लिनुपर्छ र सदुपयोग गर्नुपर्छ । हाम्रो स्वतन्त्रता र स्वाधीनताप्रति हामी एकदमै सजग छौं । यसबाट स्वतन्त्रतामा कुनै प्रतिकूल असर पर्दैन ।’

मिचिएको सीमा फिर्ता ल्याएरै छोड्छौं

प्रधानमन्त्री ओलीले मिचिएको सीमा फिर्ता ल्याएरै छोड्ने बताए । नक्सा निकालेर चित्त बुझाएर मात्र नहुने भन्दै प्रधानमन्त्री ओलीले मिचिएको भूमि फिर्ता ल्याएरै छोड्ने बताएका हुन् । ‘हामीले नक्सा बनाएर चित्त बुझाउने होइन, भूमि फिर्ता लिएर छाड्ने नै हाम्रो अठोट छ । म साथीहरुलाई त्यतापट्टि आस्वस्त रहन आग्रह गर्न चाहन्छु र हामीले ठोस रुपमा कुरा गरेका छौं ‘ प्रधानमन्त्री ओलीले भने, मैले मोदीजीसँग टेलिफोनमा कुरा गरेको छु, सीमासम्बन्धी विवादहरु हामीले टुंगो लगाउनु् पर्ने छ, भेटेर कुरा गरौं भनेको छु ।’

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र नेपालको हो भनेर प्रमाणहरुले पुष्टि गर्ने प्रधानमन्त्रीले बताए ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : ५९ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको