चीनमा रहेका नेपालीलाई लिन शनिवार पौने तीन बजे नेपालबाट विमान उड्ने « Khabarhub

चीनमा रहेका नेपालीलाई लिन शनिवार पौने तीन बजे नेपालबाट विमान उड्ने


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीलाई उद्दार गरी स्वदेश फर्काउनका लागि शनिबार नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ ।

नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउँसो २ बजेर ४५ मिनेटमा वुहान जाने भएको हो ।

नेपाल वायुसेवा निगमका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जहानमा तीनजना चालकसहित नौ जनाको टोली हुने गरी तयारी गरिएको छ । नेपालबाट जाने विमानमा चारजना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट विमान आइतबार बिहान सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेपछि जहाजले ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन ।

चीनबाट ल्याइएका नेपालीलाई विमानस्थलमा कोरोना जाँच गरिने छ । कोरोनाको लक्षण देखिएकालाई टेकु अस्पतालको आइसोलेसनमा लगिने छ भने अन्यलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिरणमा राखिने छ ।

उनीहरुलाई दुई साता प्राधिकरणको क्वारेन्टाइनमा राखिने छ, त्यसक्रममा उनीहरुले आफ्ना अभिभावकसँग पनि भेटघाट गर्न पाउने छैनन् । क्वारेन्टाइन लागि सरकारले १ सय ९९ वेडको व्यवस्था गरिसकेको छ ।

चीनबाट नेपाली नागरिकको उद्धारका लागि सरकारले १२ करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ ।

दूतावासले गर्‍यो तीनवटा बसको व्यवस्था

चीनस्थित नेपाली दूतावासले वुहानको ३ वटा विश्वविद्यालयमा रहेका विद्यार्थीलाई विमानस्थलसम्म ल्याउनका लागि तीन वटा सवारी साधनको व्यवस्था गरेको छ जनाएको छ ।

वुहान क्षेत्रमा २ सय १५ जना जति नेपाली रहेपनि १ सय ८७ जनाले नेपाल फर्कन चाहेको दूतावास स्रोतले जानकारी दियो । विमानमा विद्यार्थीमात्र ल्याउने तयारी गरिएको भएपनि उनीहरुले भने आफ्ना सामान पनि स्वदेश लान पाउनुपर्ने माग दूतावाससँग गरेका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो

चीनको हुबे प्रान्तमा कोरोना भाइरस सङ्क्रमण भएका २४२ जनाको बुधवार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।

त्यहाँ कोभिड-१९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुने मानिसको यो सर्वाधिक सङ्ख्या हो ।

नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्या पनि ह्वातै बढेको छ । त्यहाँ थप १४,८४० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

यससँगै मृतकहरूको कुल सङ्ख्या १,३५० र सङ्क्रमण भएका बिरामीको सङ्ख्या झन्डै ६०,००० पुगेको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ३ : २० बजे

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर

केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो हावा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल