१ करोड ३० लाख वर्ष अघिसम्म जीवित कछुवाको अवशेष फेला « Khabarhub

१ करोड ३० लाख वर्ष अघिसम्म जीवित कछुवाको अवशेष फेला


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बोगोटा– कार जत्रो आकारको कछुवाको प्राचीन अवशेषहरु फेला परेका छन् ।

दक्षिण अमेरिकाको उत्तरी क्षेत्रमा फेला पारिएका विशाल अवशेष आजभन्दा १ करोड ३० लाख देखि ७० लाख वर्षअघिसम्म सो क्षेत्रमा पाइने स्टुपेण्डेमिस जियोग्राफिकस नामक कछुवाको रहेको वैज्ञानिकहरुको भनाइ छ ।

ती अवशेष भेनेजुएलाको उरुमाको क्षेत्र र कोलम्बियाको टाटाकोआ मरुभूमीय क्षेत्रमा फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस ४ मिटर लामो कछुवाको अवशेष सर्वप्रथम सन् १९७० को दशकमा फेला परेपनि यसबारे धेरै रहस्य लुकेका थिए । तर, हालै पत्ता लागेको अवशेषबाट भने यस्ता रहस्य सुल्झने वैज्ञानिकहरुको विश्वास छ ।

दक्षिण अमेरिकामा अमेजन र ओरिनोको नदी बन्नुअघिको सिमसार क्षेत्रमा बसोबास गर्ने यस कछुवाको भालेको खपटामा दुई वटा सिंग समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्ता सिंग प्रतिद्वन्द्वीलाई चोट पु¥याउन विकास भएको हुनसक्ने बताइएको छ ।

सिमसार क्षेत्रमा बस्ने यस्ता कछुवाले साना जनावर, वनस्पती र फलफूल खाने गरेको पाइएको छ । कारजत्रो आकार र वजनका कारण अरु हिंसक जनावरको शिकार हुनबाट यो कछुवा जोगिँदै आएको हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ४ : १६ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको