सप्तकोशीको जेट बोट बन्द « Khabarhub

सप्तकोशीको जेट बोट बन्द


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको चतरास्थित सप्तकोशीमा निजी कम्पनीले चलाउँदै आएका जेट बोट अनिश्चितकालका लागि बन्द भएका छन् ।

स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै बोट सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए ।

वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले साना–ठूला गरेर सात जेट बोटबाट कोशी पुलदेखि बराहक्षेत्र हुँदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका थिए ।

स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने तर सरकारले रोक्न कुनै कदम नचालेको व्यवसायीको गुनासो छ । “नदीमा पानीजहाज सञ्चालनका लागि प्रधानमन्त्रीले प्रतिबद्धता जनाएअनुसार करोडौँ खर्च गरेर सेवा विस्तार गर्‍यौँ, तर हाम्रो व्यावसायिक सुरक्षा भएन । त्यही भएर बन्द गर्न बाध्य भयौँ”, कार्कीले भने ।

बोट सेवा बन्द भएपछि भोजपुर, खोटाङ, धनकुटाबाट तराई आउजाउ गर्ने दैनिक ७०० यात्रुलाई समस्या भएको छ । चतराबाट बराह क्षेत्र मन्दिर १० मिनेटमा यात्रा गर्दै आएका यात्रु समस्यामा परेका छन् । कूल १८ देखि ६० जनासम्म अट्ने बोट सप्तकोशीमा सञ्चालन हुँदै आएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ४ : १९ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको