चीनले हिन्द प्रशान्त क्षेत्रमा अस्थीरता बढायो : वरिष्ठ अमेरिकी सैन्य कमाण्डर « Khabarhub

चीनले हिन्द प्रशान्त क्षेत्रमा अस्थीरता बढायो : वरिष्ठ अमेरिकी सैन्य कमाण्डर


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– चीनले हिन्द प्रशान्त क्षेत्रमा अस्थीरतालाई बढाएको हिन्द प्रशान्त क्षेत्रका लागि वरिष्ठ अमेरिकी सैनिक कमाण्डरले आरोप लगाएका छन् ।

अष्ट्रेलियाको सिड्नी शहरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाको हिन्द प्रशान्त कमाण्डका कमाण्डर एडमिरल फिलिप डेभिडसनले चीनले प्रशान्त क्षेत्रका स–साना टापुहरुको सार्वभौमिकतालाई खतरामा पारेर अस्थीरता बढाएको आरोप लगाएका हुन् ।

चीनको अत्यधिक भौगोलिक दाबी, ऋणपासो कूटनीति, अन्तर्राष्ट्रिय सन्धी सम्झौताको उल्लङ्घन, अन्तर्राष्ट्रिय सम्पत्तिको चोरी, सैनिक संत्रास र अत्यधिक भ्रष्टाचार लगायतबाट क्षेत्रीय अस्थीरता बढाएको एडमिरल डेभिडसनको भनाइ छ ।

‘चीनको कम्युनिष्ट पार्टीले हिन्द–प्रशान्त क्षेत्रको व्यापार, वित्त, सञ्चार, राजनीति र जीवनशैलीको बहावलाई नियन्त्रण गर्न चाहिरहेको छ’ उनले भने ।

पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार युद्ध केही शान्त भएजस्तो देखिएका बेला आएको वरिष्ठ अमेरिकी सैनिक कमाण्डरको भनाइबाट चीन चिढिने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले यसअघि पनि यस्तै किसिमका अमेरिकी आरोप खण्डन गर्दै आएको थियो ।

पछिल्लो समय चीन उर्जा र खनिज पदार्थमा धनी मानिने दक्षिण प्रशान्त क्षेत्रमा रहेका स–साना टापु मुलुकहरुमा आफ्नो प्रभाव बढाउन हर तवरबाट लागिरहेको बताइन्छ । त्यसबाहेक चीनले दक्षिण चीन सागरको अधिकांश जलक्षेत्रमा पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

यस क्षेत्रमा बढ्दो चिनियाँ प्रभावबाट चिन्तित अमेरिकाको सबैभन्दा नजिकको साझेदार मुलुक अष्ट्रेलियाले प्रशान्त क्षेत्रमा रहेका स–साना टापु मुलुकहरुलाई सहयोग गर्न सन् २०१८ मा ३ अर्ब अष्टे«लियन डलर बराबरको कोष स्थापना गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ५ : १६ बजे

हिमपहिरोमा पर्नुअघि ब्रड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको