महानिरीक्षक ज्ञवालीद्वारा सातै प्रदेशका प्रहरी प्रमुखसँग ‘भिडियो कन्फ्रेन्स’द्वारा छलफल « Khabarhub

महानिरीक्षक ज्ञवालीद्वारा सातै प्रदेशका प्रहरी प्रमुखसँग ‘भिडियो कन्फ्रेन्स’द्वारा छलफल


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले ७ वटै प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुलाई प्रहरी संगठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट भिडियो कन्फ्रेन्सद्वारा महानिरीक्षक ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखसँग शान्ति सुरक्षा तथा समसामयिक विषयमा छलफल गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम रहेको उल्लेख गर्दै त्यस्ता चुनौतीहरुको समाधान गर्न उच्च सतर्कताकासाथ प्रहरी परिचालन गरी आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन दिएका थिए ।

उनले आवश्यकताअनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समेत समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने बताए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकता अनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रिया सम्मतरुपमा कानुनी कारवाही अगाडि बढाउनुपर्ने बताए ।

सबै प्रदेशका प्रहरी प्रमुखहरुले आ–आफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिकासाथ समस्या समाधानमा लाग्न उनले निर्देशन दिएका थिए ।

प्रहरी कारवाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले हिंसाजन्य क्रियाकलापमा प्रहरीको संलग्नता अक्षम्य हुने बताए ।

राजमार्ग अवरोध, अवाञ्छित गतिविधि लगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ खटिनु पर्नेमा उनले जोड दिए ।

अन्तरक्रियाको क्रममा प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुले आ–आफ्नो प्रदेशको शान्ति सुरक्षा एवं प्रहरीका काम कारवाहीका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ६ : ०५ बजे

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न