समाजवादको आधार तयार पार्ने बेला आयो : प्रवक्ता श्रेष्ठ « Khabarhub

समाजवादको आधार तयार पार्ने बेला आयो : प्रवक्ता श्रेष्ठ


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले सदरमुकाममा आयोजना गरिएको पार्टी प्रशिक्षण कार्यक्रममा उनले अब समाजवादको आधार तयार पार्नुपर्ने समय आएको बताएका हुन् ।

प्रवक्ता श्रेष्ठले पुँजीवादी विरुद्धको जनवादी क्रान्ति आधारभूत रुपमा सकेको उल्लेख गर्दै समाजवदले मात्र गरिब र सर्बहारा वर्गको मुक्ति गर्नसक्ने बताए ।

“सघर्ष पनि हामी कम्युनिष्टकै नेतृत्वमा गर्‍यौं, हाम्रै नेतृत्वमा प्राप्त उपलब्धिलाई संविधानमा लेख्यौँ”, उनले भने , “अब त्यसलाई संस्थागत गर्दै फेरि क्रान्तिको नयाँ दिशातर्फ अघि बढ्न कम्युनिष्टकै नेतृत्वमा राज्य र सत्ता जरुरी र आवश्यक भएकाले त्यसका लागि पार्टी एकता अनिवार्य थियो ।”

‘कम्युनिष्ट पार्टीका कार्यकर्ता साच्चै कम्युनिष्ट बन्ने हो भने आलोचनात्मक संघर्ष गर्न, ठिकलाई ठिक भन्न, गलतलाई गलत भन्न सक्नुपर्छ, प्रवक्ता श्रेष्ठले भने , “के ठिक होइन ? अब के ठिक हुन्छ ? भन्न तयार हुनुपर्छ नत्र पार्टी पार्टी बन्दैन ।”

उनले पार्टी भित्रका गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भन्दै नेता कार्यकर्ताले गुटबन्दी र वैचारिक संघर्षलाई बुझ्न सक्नुपर्ने बताए ।

“गुटबन्दी व्यक्तिगत स्वार्थका लागि हुन्छ, वैचारिक संघर्षले नेता कार्यकतालाई उर्जाशील बनाउँछ”, प्रवक्ता श्रेष्ठले भने, “वैचारिक संघर्षले पार्टीलाई वैचारिक संघर्षको रुपान्तरणमा काम गर्छ, गुटले झुण्डको स्वार्थ मात्र पूरा गर्छ ।”

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : ४५ बजे

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा