१ सय १२ वर्षीया वातानाबेको नाममा ‘विश्वकै वृद्ध व्यक्ति’को रेकर्ड « Khabarhub

१ सय १२ वर्षीया वातानाबेको नाममा ‘विश्वकै वृद्ध व्यक्ति’को रेकर्ड


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानका चितेत्सु वातानाबेले सबैभन्दा लामो समय बाँच्ने पुरुषको कीर्तिमान बनाउन सफल भएका छन् ।

फेब्रुअरी १२ का दिन ११२ वर्ष ३४४ दिन उमेर पुगेका उनलाई विश्व कीर्तिमानको अभिलेख राख्ने गिनिज बुक अफ वल्र्ड रेकड्र्सले सबैभन्दा बृद्ध व्यक्तीको सूचीमा दर्ता गरेको हो ।

उनी बसोबास गर्ने जापानको निगितास्थित एक ज्येष्ठ नागरिक स्याहार केन्द्रमै पुगी उनलाई गिनिज बुकको टोली कीर्तिमानको प्रमाणपत्र दिएको हो ।

सन् १९०७ मार्च ५ मा जन्मेका उनका ५ छोराछोरी छन् । किसान विद्यालयबाट पढाई सकेका उनी जीवनको पूर्वाद्धतिर उखु खेतीका लागि ताइवान पुगेका थिए ।

ताइवानमा उनले १८ वर्ष बिताएको गिनिज बुक अफ वल्र्ड रेकड्र्सले उल्लेख गरेको छ । ताइवान बसाईकै क्रममा उनले विवाह गरेको र उनका ५ मध्ये ४ सन्तान ताइवानमै जन्मेको जनाइएको छ ।

सन् १९४४ तिर उनले दोश्रो विश्वयुद्धका क्रममा प्रशान्त क्षेत्रमा समेत सहभागिता जनाएका थिए । निकै लामो समय उखु खेति गरेका उनले अझै पनि गुलियो खानेकुरा मन पराउने गरेको बताइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ८ : ११ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री