भक्तपुरमा लागुऔषधसहित पाँच जना पक्राउ « Khabarhub

भक्तपुरमा लागुऔषधसहित पाँच जना पक्राउ


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मध्यपुरथिमि- भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

लागुऔषध नाइट्रोपाम ३३० ट्याब्लेटसहित सिन्धुपाल्चोकको यमुनाडाँडा–४ बस्ने २६ वर्षीय रामकुमार खड्का, सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २५ वर्षीय राधे मग्राती र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ बस्ने १९ वर्षीय सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

त्यसैगरी प्रहरीले लागुऔषधसहित डाइजोपाम ३७ थान र फेनेरागन ३० थानसहित सूनपा–१ सिरुटारमा घर निर्माणको काम गर्दै आएका दुई जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीले मोरङको कञ्चनबारी गाउँपालिका–९ घर भई हाल काठमाडौँ थानकोट बस्ने ३१ वर्षीय मनोज अधिकारी र भारतको मोतिहारी जिल्ला घर भई हाल सिरुटार बस्ने ४३ वर्षीय मनेजर शर्मालाई पक्राउ गरेको गिरीले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : १५ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं