श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल भित्रनेलाई १४ दिन क्वारेनटाइनमा राखिने « Khabarhub

श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल भित्रनेलाई १४ दिन क्वारेनटाइनमा राखिने


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । अहिलेसम्म १ सय २७ वटा देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा समेत गरेको छ ।

विश्वव्यापी रुपमा कोरोनाको प्रभाव फैलिएसँगै नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेका लागि दिने गरेको श्रम स्वीकृति अनिश्चितकाल सम्मका लागि स्थगित गरेको छ ।

बिहीबार बसेको उच्चस्तरीय सम्वन्य समितिको बैठकले अर्को सूचना प्रकाशन नहुन्जेलसम्म श्रम स्वीकृति रोकेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

नेपालको मुख्य श्रम गन्तव्य कतार, शाउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेसँगै बिहीवार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बैठकले यस्तो निर्णय गरेको हो ।

विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्म लागि यस अघि नै स्थगित गरिएको छ ।

यसअघि भिसा लिइसकेका विदेशी नागरिकहरुले नेपालको अध्यागमन विन्दूमा आईपुग्ने मितिभन्दा एकसाताभित्र स्वास्थ्य जाँच रिपोर्ट अध्यागम कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

४ मार्च अर्थात् शनिवारदेखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवसीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो ।

कोरोनाको संक्रमण बढ्न नदिन भन्दै कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । त्यस्तै कुवेतका लागि पनि भिसा दिन बन्द गरिसकेको छ ।

भारतले पनि आफ्नो देश प्रवेश गर्नेहरुमाथि रोक लगाएको छ भने प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राख्ने जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ११ : ५५ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना