दिल्ली दंगा बारे वृत्तचित्र बनाइरहेका नेपाली युवाको मृत्यु « Khabarhub

दिल्ली दंगा बारे वृत्तचित्र बनाइरहेका नेपाली युवाको मृत्यु


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा अध्ययनरत एक जना नेपाली विद्यार्थीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ ।

भारतको राजधानी दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत नेपाली विद्यार्थी मिलन पौडेल गंगा नदीमा मृत अवस्थामा फेला परेका भारतीय प्रहरीले जनाएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तराञ्चल राज्यको ऋषिकेशस्थित गंगा नदी किनारमा पौडेलको शव भेटिएको थियो ।

गत मंगलबार फागू पर्वका अवसरमा साथीसँगै मिलन दिल्लीबाट ऋषिकेश पुगेका र पौडी खेल्ने क्रममा तपोवन क्षेत्रको गंगा नदीमा डुब्न पुगेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

मिलन पानीमा डुबेपछि उनलाई बचाउन गएका जम्मु–कश्मीर घर भएका तुषार कौशिकको समेत मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

२५ वर्षीय मिलन ३ महिनायता दिल्लीमा भड्किएको धार्मिक दंगाको वृत्तचित्र बनाउने काम गरिरहेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ०३ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित