दिल्ली दंगा बारे वृत्तचित्र बनाइरहेका नेपाली युवाको मृत्यु « Khabarhub

दिल्ली दंगा बारे वृत्तचित्र बनाइरहेका नेपाली युवाको मृत्यु


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा अध्ययनरत एक जना नेपाली विद्यार्थीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ ।

भारतको राजधानी दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत नेपाली विद्यार्थी मिलन पौडेल गंगा नदीमा मृत अवस्थामा फेला परेका भारतीय प्रहरीले जनाएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तराञ्चल राज्यको ऋषिकेशस्थित गंगा नदी किनारमा पौडेलको शव भेटिएको थियो ।

गत मंगलबार फागू पर्वका अवसरमा साथीसँगै मिलन दिल्लीबाट ऋषिकेश पुगेका र पौडी खेल्ने क्रममा तपोवन क्षेत्रको गंगा नदीमा डुब्न पुगेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

मिलन पानीमा डुबेपछि उनलाई बचाउन गएका जम्मु–कश्मीर घर भएका तुषार कौशिकको समेत मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

२५ वर्षीय मिलन ३ महिनायता दिल्लीमा भड्किएको धार्मिक दंगाको वृत्तचित्र बनाउने काम गरिरहेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ०३ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन