कोरोना भाइरसको त्रास : नेपालले बन्द गर्‍यो सगरमाथा आरोहण « Khabarhub

कोरोना भाइरसको त्रास : नेपालले बन्द गर्‍यो सगरमाथा आरोहण


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले सगरमाथा आरोहण बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै नेपालले सगरमाथा आरोहण बन्द गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णयमा भनिएको छ,‘ ’सन् २०२० को सगरमाथा आरोहणका लागि हालसम्म जारी गरिएका र गर्न लागिएका अनुमति तत्कालका लागि स्थगित गरिएको छ ।’

सरकारले ३० अप्रिलसम्मका लागि पर्यटक भिसामा रोक लगाउने निर्णय गरेको छ ।

यसैगरी मार्च १४ बाट लागु हुने यो नियममा सरकारले त्यसयता नेपाल आउने विदेशी, नेपाली वा गैर आवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि गरेको छ ।

चीनले यसअघि नै चिनियाँ बाटा हुँदै सगरमाथा आरोहण बन्द गरेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : १९ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय