एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर | Khabarhub Khabarhub

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ग्राहकहरुले औधि मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको २ रुपैयाँ बोनस स्वरुप प्राप्त गर्दछन् ।

यो अफर फागुन २८ बाट लागु भएको छ र ३ महिनासम्म जारी रहनेछ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म २ रुपैयाँको दरले बोनस पाउँछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन् ।

यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १÷१ थान स्मार्टफोन पाउनेछन् ।

एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ ।

आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप लाभ सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

यो योजना अन्तर्गत प्राप्त हुने बोनसले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहेका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : २५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले