५० लाखसम्म ऋण लिन कर चुक्ताको प्रमाणपत्र नचाहिने « Khabarhub

५० लाखसम्म ऋण लिन कर चुक्ताको प्रमाणपत्र नचाहिने


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्म ऋण लिदा कर चुक्ता प्रमाणपत्र बुझाउनु नपर्ने भएको छ । यसअघि कर चुक्ता प्रमाणपत्र पेश गरेपछि मात्रै ऋण लिन पाइने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकले यसअघि गरेको व्यवस्थामा परिवर्तन गर्दै ५० लाख रुपैयाँसम्म ऋण लिन कर चुक्ता प्रमाणपत्र नचाहिने व्यवस्था गरेको हो । ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्दा कर चुक्ता प्रमाणपत्र वा अद्यावधिक कर चुक्ता वा दाखिला प्रमाणपत्र नभएपनि हुने व्यवस्था गरिएको छ ।

यस्तै, ५० लाख रुपैयाँभन्दा बढी र २ करोड रुपैयाँसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला उद्योग/पेश/व्यवसायको लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान वा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

यसअघि यस्तो कर्जाको लागि कर दाखिला कागजातको साथसाथै कर चुक्ता प्रमाणपत्र वा अध्यावधिक कर चुक्तारदाखिला प्रमाणपत्र चाहिने व्यवस्था थियो ।

कृषि, पर्यटन एमब साना तथा मझौला उद्योग÷पेशा÷व्यवसायकाभन्दा बाहेकमा र २ करोड रुपैयाँभन्दा बढीको कर्जा लिने वा दिएको कुनै पनि फर्म वा कम्पनीलाई कर्जा प्रदान वा नवीकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र लिएर मात्र कर्जा प्रदान वा नवीकरण गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

आफ्नै प्रयोजनको लागि निर्माण तथा खरिद गरिने पहिलो घर कर्जाको लागि भने करयोग्य आयको हकमा कर दाखिला कागजातको आधारमा कर्जा लिन वा नवीकरण गर्न सकिने छ । यसरी कर्जा लिदा वा नवीकरण गर्दा ऋण भुक्तानी आम्दानी अनुपात बढीमा ६० प्रतिशत बनाउन पाइने भएको छ ।

अर्थात मासिक आम्दानीको ६० प्रतिशतसम्म कर्जाको किस्ता हुने परिमाण बराबरको ऋण लिन पाइने भएको छ । यसअघि यस्तो किस्ता बढीमा ५० प्रतिशत मात्रै बनाउन पाइने व्यवस्था थियो ।

यस्तै, काठमाडौं उपत्यकामा घर जग्गा व्यवसाय गर्न ऋण लिदा सो घर वा जग्गाको धितो मूल्यांकनको ५० प्रतिशतसम्म ऋण लिन पाइने भएको छ ।

यसअघि यस्तो कर्जाको सीमा ४० प्रतिशत थियो । काठमाडौं उपत्यकाको हकमा भने धितो मूल्यांकनको ६० प्रतिशतसम्म ऋण लिन पाइने भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ३३ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट