पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि क्यानडाका प्रधानमन्त्री ट्रुडो आइसोलेसनमा « Khabarhub

पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि क्यानडाका प्रधानमन्त्री ट्रुडो आइसोलेसनमा


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पत्नी सोफीलाई कोरोना भाइरस संक्रमण भएपछि अब प्रधानमन्त्री ट्रुडोले पनि १४ दिन आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

कोरोना संक्रमणको आशंकामा प्रधानमन्त्री ट्रुडो र उनकी पत्नी सोफी बिहीबारदेखि नै ‘सेल्फ आइसोलेसन’मा बसेका थिए । नमूना संकलन गरी परीक्षण गर्ने क्रममा ट्रुडोकी पत्नी सोफीमा कोरोना संक्रमण भएको देखिएको हो ।

प्रधानमन्त्री ट्रुडोलाई भने अहिलेसम्म कोरोना संक्रमणको लक्षण देखिसकिएको छैन । तर, चिकित्सकहरुले ट्रुडोलाई पनि आइसोलेसनमा बस्न सुझाव दिएका थिए ।

यद्यपि अहिले नै प्रधानमन्त्री ट्रुडोमा कोरोना संक्रमण भए नभएकोबारे परीक्षण गर्ने कुनै योजना नभएको क्यानाडाको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तीमा ट्रुडोल प्रधानमन्त्रीका रुपमा गर्नुपर्ने सबै काम नियमित जस्तै गर्ने जनाइएको छ । ट्रुडोले सुक्रबार (स्थानीय समयानुसार) देशबासीका नाममा सम्बोधन गर्ने समेत जनाइएको छ ।

प्रधानमन्त्रीकी पत्नी सोफी २ दिन अगाडि मात्रै एक कार्यक्रममा सहभागी हुन लण्डन पुगेर फर्किएकी थिइन् । लण्डनबाट फर्किएपछि उनमा ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षणहरु देखिएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ३३ बजे

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार