कटुवा पेस्तोल र गोलीसहित मोरङबाट ३ जना पक्राउ « Khabarhub

कटुवा पेस्तोल र गोलीसहित मोरङबाट ३ जना पक्राउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको सुनबर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ राउण्डसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, अन्नद कुमार मण्डल र राकेश कुमार साह रहेका छन् ।

सुनबर्षी नगरपालिका–८ हर्चनगढीस्थित पसलमा मदिरा पिएर होहल्ला गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरुमाथि तलासी गर्ने क्रममा पेस्तोल र गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट ‘अन टेस्ट’ लेखिएको मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : २० बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६