ट्रम्प र आइरिश प्रधानमन्त्रीले एक अर्कालाई नमस्कार गरेपछि… « Khabarhub

ट्रम्प र आइरिश प्रधानमन्त्रीले एक अर्कालाई नमस्कार गरेपछि…


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न विश्वभर उच्च सतर्कता अपनाउन थालिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न चिकित्सकहरुले एक–अर्काको प्रत्यक्ष सम्पर्कबाट टाढै रहन भनेका छन् । चिकित्सकहरुका अनुसार दुई वा दुईभन्दा बढी व्यक्तिसँग हात मिलाउँदा, अंकमाल गर्दा कोरोना भाइरस छिट्टै सर्ने गर्छ ।

चिकित्सकहरुको यही सुझावलाई अवलम्बन गर्दै अहिले विश्वभरका नेताहरु महत्वपूर्ण भेटघाटमा पनि एक–अर्कासँग हात मिलाउँदैनन् । बरु पूर्वीय सभ्यताको अभिवादन शैली नमस्कार गर्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयरल्यान्डका प्रधानमन्त्री लिओ भराडकरसँगको भेटमा नमस्कार गरी अभिभावदन गरेका छन् ।

बिहीबार ओभलस्थित कार्यालयमा भएको भेटमा ट्रम्पले हात मिलाउन अस्वीकार गरी प्रधानमन्त्री भरडकरसँग नमस्ते गरी अभिवादन गरेका हुन् । लियो भरादकर भारतीय मूलका हुन् ।

‘हामीले आज हात मिलाएनौं । हामी एकअर्कालाई चिन्छौं र हामी के (अभिवादन गर्नेक्रममा) गर्न जाँदैछौं भन्यौं । यो अचम्मको अनुभव थियो ।’ ट्रम्पले भने ।

दुई नेताबीचको भेटवार्ताका क्रममा पत्रकारहरुले हात मिलाउन भनेका थिए । तर, दुबै नेताले हात जोडी एकले अर्कालाई अभिवादन गरे । हालै भारत भ्रमणमा गएका ट्रम्पका अनुसार उनले भारतमा कसैसँग पनि हात मिलाएका थिएनन्, नमस्कार मात्र गरेका थिए ।

ट्रम्पले जापानी शैलीमा झुकेर पनि अभिवादन गरेका थिए । ‘उनीहरु (भारतीय र जापानी) हामीभन्दा निकै अघि रहेछन् ।’ ट्रम्पले भने ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : ४० बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग