अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि « Khabarhub

अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलियाका गृहमामिला मन्त्री पिटर डटनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला अस्ट्रेलियन गृहमामिला मन्त्रीको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

डटनले ट्वीट गर्दै बिहान उठ्दा आफूलाई घाँटी दुखिरहेको र उच्च तापक्रम भएको महशुस भएको र परीक्षण गराउँदा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका हुन् ।

उनीसँगै अस्ट्रेलियामा २ सय जनाभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । अष्ट्रेलियामा सार्वजनिक समारोहमा प्रतिबन्ध लगाउने घोषणा भइसकेको छ ।

कोरोना भाइरस हालसम्म ११८ मुलुक एवं भूभागहरुमा फैलिसकेको छ ।

चीनको वुहान शहरबाट गत वर्षको अन्त्यसँगै शुरु भएको भएको यो प्रकोपका कारण विश्वभर १ लाख २५ हजार भन्दा धेरैमा संक्रमण देखा परेको छ भने यसबाट विश्वभर ४६ सय जनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : ५० बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब