‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ सार्वजनिक (भिडियो) « Khabarhub

‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ सार्वजनिक (भिडियो)


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लप्पन छप्पन २’ मा समावेश गीत ‘झुसे बारुलो’ सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा मिस्टर आरजेको शब्द र संगीत रहेको छ भने आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर सुन्न सकिन्छ । साथै गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् ।

भिडियोमा सौगात मल्ल, अनुपविक्रम शाही लगायतलाई देख्न सकिन्छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, विशाल पहारी, आना ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।

सस्पेन्स एक्सन भनिएको यो फिल्ममा हिमाल केसी र मुकुन्द भट्टको द्वन्द्व निर्देशन छ ।

फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने स्किृप्ट मुकुन्द भट्ट, सुनील निउरे र अमित शर्माले तयार पारेका हुन् ।

यसअघि फिल्म ‘लप्पन छप्पन’ प्रदर्शनमा आएको थियो । उक्त फिल्म व्यावसायिक रुपमा असफल भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ३ : ३९ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको