फिल्म हलमा नजान सरकारको आह्वान « Khabarhub

फिल्म हलमा नजान सरकारको आह्वान


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले सिनेमा हलमा फिल्म हेर्न नजान आह्वान गरेको छ ।

उपप्रधान एवं रक्षा मन्त्रीको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि धेरै भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण हुनसक्ने जोखिमयुक्त स्थानमा सिनेमा हल लगायत धेरै मानिसको उपस्थिति रहने स्थान पर्छन्  । सिनेमा हलमा धेरै दर्शक एकसाथ उपस्थित हुने कारणले गर्दा कोरोना भाइरसको संक्रमणको जोखिम धेरै हुन जान्छ ।

यता सिनेमा हलहरुले भने उचित सावधानी अपनाइएको दाबी गर्दै आएका छन् । अहिले पनि केही सिनेमाहरु नेपालमा चलिरहेका छन् ।

यद्यपि आजदेखि रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोनाकै कारण रिलिज हुन सकेन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ०१ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी