प्रधानसम्पादक भण्डारीको बिदाइ | Khabarhub Khabarhub

प्रधानसम्पादक भण्डारीको बिदाइ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेभेलियन मिडिया प्रा.लिद्वारा सञ्चालित खबरहब डटकमको स्थापनाकालदेखि प्रधानसम्पादकको भूमिका निर्वाह गरेका वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई औपचारिक बिदाइ गरिएको छ ।

दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित कार्यक्रममा खबरहब डटकमका अध्यक्ष नरेश श्रेष्ठ, नवनियुक्त प्रधानसम्पादक वरिष्ठ पत्रकार गोविन्द लुइँटेलसहितको टिमले भण्डारीको बिदाई गरेको हो ।

तीन दशकदेखि पत्रकारितामा आबद्ध भण्डारीको सम्पादकीय नेतृत्वमा खबरहबले सफलता हासिल गरेको भन्दै अध्यक्ष श्रेष्ठले भण्डारीको नेतृत्वमा लोकप्रिय, विश्वसनीय र व्यावसायिक पत्रकारिताको अभ्यास भएको भन्दै धन्यबाद व्यक्त गरे।

भण्डारीले योहो टेलिभिजनको समाचार प्रमुखको रुपमा जिम्मेवारी लिएको भन्दै एक वर्षभन्दा लामो कार्यकाल एउटा कुशल टीमसँग काम गर्ने अवसर पाएको भन्दै सबैप्रति आभार व्यक्त गरे । भण्डारीले नवनियुक्त प्रधानसम्पादक लुइँटेलको नेतृत्वमा खबरहबले अझै उचाई लिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : २० बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका