बेलायती राजदूतसँग कानून मन्त्री तुम्बाहाङफेको भेटवार्ता « Khabarhub

बेलायती राजदूतसँग कानून मन्त्री तुम्बाहाङफेको भेटवार्ता


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका लागि वेलायती राजदूत निकोला पोलिटले कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग भेट गरेकी छन् ।

सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा शुक्रबार भएको भेटमा राजदूत पोलिटले कानून मन्त्रालयको नेतृत्व पहिलोपटक महिलाले पाएकोमा खुसी व्यक्त गरिन् ।

मन्त्री तुम्बाहाङ्फेको कार्यकालमा नेपालको संक्रमणकालीन न्यायको प्रक्रियाले तीब्रता पाउने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्री तुम्बाहाङ्फेले संक्रमणकालीन न्यायमा कुनै विवाद नभएको बताउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले कार्यादेश बमोजिम नै काम गरिरहेको जानकारी दिइन् ।

आयोगका कामलाई प्रभावकारी बनाउन सरकारले पनि सहयोग र समन्वय गरिरहेका मन्त्री तुम्बाहाङ्फेले बताइन् ।

मन्त्री तुम्बाहाङ्फेले आफू मन्त्री भएलगत्तै आयोगका पदाधिकारी र पीडितसँग अलग अलग भेटेको उल्लेख गर्दै सरोकारवालाहरुको चासोलाई सम्बोधन गरिने बताएकी छन् ।

यसैबीच मन्त्री तुम्बाहाङ्फेसँग शुक्रबार नै संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालेरी जुनियनले समेत भेट गरेका छन् । भेटमा कानून निर्माणलगायतका विषयमा कुरा भएको जनाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ४८ बजे

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया : सर्वेक्षण

लुम्बिनी– लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल