जहाजको पर्खाइमा दिपायल विमानस्थल « Khabarhub

जहाजको पर्खाइमा दिपायल विमानस्थल


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको कालोपत्रको काम सम्पन्न भइ जहाजको पर्खाइमा रहेको छ ।

डोटीको दिपायल विमानस्थलमा साढे पाँच करोड रुपैयाँको लागतमा हालसालै कालोपत्र गरिएको छ। कालोपत्रको काम सकिएर धावनमार्ग साइडमा रहेको पर्खाललगायतको कामसहित रेखाङ्कनसमेत सम्पन्न भएको छ ।

दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम सप्नाग्याल्भा तथा भेबी कन्ट्रक्शनले दुई वर्षपहिले जिम्मा लिएको थियो । विमानस्थल निर्माणको सम्पूर्ण काम सकिएपछि जहाज सञ्चालन गर्न पहल गर्नुपर्ने स्थानीयवासीको माग छ ।

लामो समयदेखि यात्रु अभावको कारण देखाउँदै बन्द अवस्थामा रहेको दिपायल विमानस्थल डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरको पहलमा स्तरोन्नति तथा कालोपत्रको काम गरिएको हो । विमानस्थलको सम्पूर्ण काम सम्पन्न भई जहाजको पर्खाइमा रहेपछि स्थानीयबासी पनि निकै खुशी भएका छन् ।

गत वर्ष असारमा सक्ने लक्ष्यसहित विसं २०७४ मा कालोपत्रसहितको निर्माण शुरु गरिएको थियो । कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम पनि सकिएको भेबी कन्ट्रक्सनका साइड प्रमुख राजेन्द्र विष्टले बताए । उनले भने, “हामीले विमानस्थलको सबै काम सकेका छौँ, केही दिनमा विमानस्थल हस्तान्तरण गर्ने तयारीमा छौँ ।”

विमानस्थलमा रनवे रेखाङ्कनलगायतका काम पनि सम्पन्न भएको उहाँले जानकारी दिए । कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले ढिलै भए पनि अहिले आएर सम्पूर्ण काम सकेको र अब जहाज आउने काममात्रै बाँकी रहेको दिपायलका स्थानीय भरतबहादुर द्वारियाले बताए ।

उनले भने “दिपायल विमानस्थल सम्पूर्ण काम सकिएको छ, डोटीलगायत समग्र पहाडी जिल्लाको विकास चाँडो गर्ने हो भने अब छिट्टै जहाज चलाउनु जरुरी छ ।” निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा विमानस्थल निर्माण ढिला हुँदै आएको थियो ।

विगतमा लक्ष्यअनुसार काम नहुँदा कालोपत्रको काम नै शुरु नभएर यो अलपत्र परेको थियो । अहिले बल्ल आएर विमानस्थलको सम्पूर्ण काम सकिएपछि यहाँका स्थानीयवासी विमानस्थल सञ्चालन हुनेमा निकै खुशी भएको दिपायल पिपल्लाका स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताए ।

उनले भने, “विमानस्थलको काम सम्पन्न भएको छ, अब सबै राजनीतिक दलको पहलमा नियमितरूपमा जहाज चलाउनुपर्छ ।” दिपायल विमानस्थलसँगै कालोपत्र निर्माण शुरु गरिएको अछामको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गत वर्ष जेठमै परीक्षण उडानसमेत भइसकेको छ ।

उता बैतडीको पाटन विमानस्थलको कालोपत्रको काम पनि सम्पन्न भइसकेको छ । सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रको काम सकिएपछि जहाज चल्ने आशामा त्यहाँका स्थानीयवासी खुशी भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमानस्थल कालोपत्रको काम शुरु गरिएको थियो । डोटीको दिपायल र बैतडीको पाटनसहितका दुई विमानस्थल निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रहरुमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताए ।

उनले भने “हामीसँग अथाह पर्यटन क्षेत्र छन्, तिनको विकास र प्रचारप्रसार गर्ने हो भने सुदूरपश्चिम प्रदेशका दिपायल र पाटनमा नियमित जहाज चलानुपर्छ ।” दिपायल विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडिकेदार, वैद्यनाथधामलगायतका धार्मिक क्षेत्रमा पर्यटक भित्र्याउन सकिने डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : १० बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड