एसईईको परीक्षा केन्द्रमा स्वास्थ्य सामग्रीसहितको ‘हेल्प डेस्क’राख्ने तयारी « Khabarhub

एसईईको परीक्षा केन्द्रमा स्वास्थ्य सामग्रीसहितको ‘हेल्प डेस्क’राख्ने तयारी


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले एसइई परीक्षा केन्द्रमा स्वास्थ्य सेवा दिने भएको छ ।

चैत ६ गतेबाट हेटौँडाका एसइई परीक्षा केन्द्रमा उपमहानगरपालिकाले स्वास्थ्य सामग्रीसहितको ‘हेल्प डेस्क’ स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्योपचारका लागि सहयोग गर्ने तयारी गरेको हो ।

यहाँ १४ परीक्षा केन्द्र तोकिएको छ । उक्त परीक्षा केन्द्रबाट करिब चार हजार विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । सबै परीक्षा केन्द्रमा स्वास्थ्यकर्मीसहित, मास्क र सेनेटरी प्याडसहितको व्यवस्था गर्न हेल्प डेस्क सञ्चालन गर्न लागिएको नगर प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरसको सङ्क्रमणबाट सावधानी अपनाउन मेला, महोत्सव, सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेकाले परीक्षामा विद्यार्थीको बाक्लो उपस्थिति हुने कारणले उपमहानगरपालिकाले परीक्षामा सामेल विद्यार्थीका लागि मास्क, सेनेटरी प्याड वितरण गर्नुका साथै स्वास्थ्यकर्मीको टोलीले प्राथमिक स्वास्थ्य सामग्रीसहितको आवश्यकताअनुसार स्वास्थ्योपचार गरिने जनाएको छ ।

त्यसैगरी, स्वास्थ्य सेवा दिने उद्देश्यले उपमहानगरपालिकाभित्रका सबै वडामा स्वास्थ्यचौकी स्थापना गरी सेवा दिन शुरु गरेको छ । उपमहानगरपालिकाले १९ वटै वडाबाट स्वास्थ्य सेवा दिन शुरु गरेको जनाएको छ ।

नगरका नागरिकलाई आफ्नै वडा र स्थानीयस्तरबाट नै स्वास्थ्य सेवा दिने उद्देश्यले काम थालिएको बताइएको छ । वडास्तरबाट आम नागरिकले पाउने न्यूनतम स्वास्थ्य सेवा दिने उद्देश्यले जनप्रतिनिधि आएपछि स्वास्थ्यलाई पहिलो प्राथमिकताका साथ काम गरिएको बताइएको छ ।

प्रत्येक स्वास्थ्य संस्थामा अहेव, अनमीसहितको सेवा दिइएको छ । हटियामा भने चिकित्सक र ल्याबसहितको स्वास्थ्य सेवा दिइएको छ । उपमहानगरपालिका कार्यालयमा काम लिएर आउने सेवाग्राहीलाई निःशुल्करुपमा मास्क वितरण गर्न थालिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने अवस्थालाई मध्यनजर गरेर सेवाग्राहीलाई निःशुल्क मास्क वितरण गर्न शुरु गरिएको जनाइएको छ । कार्यालयको गेटमै सेवाग्राहीलाई मास्क वितरण गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ४० बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका