अमेरिकी सेनाकी पूर्व गुप्तचर चेल्सी म्यानिङ रिहा « Khabarhub

अमेरिकी सेनाकी पूर्व गुप्तचर चेल्सी म्यानिङ रिहा


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिटंन– अमेरिकी सेनाकी पूर्व गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई रिहा भएकी छिन् । सरकारी वकीलहरुले ग्रान्ड जुरी विघटन गरिएको अदालतसमक्ष जानकारी गराएपछि अमेरिकी न्यायाधीश एन्थोनी ट्रेंगाले म्यानिङलाई जेलबाट रिहा गर्ने आदेश दिएका हुन् ।

अलेक्जान्ड्रिया प्रहरी कार्यालयले बिहीबार राति नै म्यानिङलाई जेलमुक्त गरिएको जनाएको छ । । म्यानिङ झण्डै एक वर्षदेखि जेलमा थिइन् । उनलाई ग्रान्ड जुरीसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि जेलमा राखिएको थियो ।

यसअघि ग्रान्ड जुरी समक्ष उपस्थित हुन अस्वीकार गरेको अभियोगमा म्यानिङमाथि २ लाख ५६ हजार अमेरिकी डलर जरिबाना गर्न आदेश दिइएको थियो । उक्त जरिबाना प्रतिदिन एक हजार डलरका दरले हुनेगरी तोकिएको थियो । उक्त ग्राण्ड जुरीले विकिलिक्सको समेत अनुसन्धान गरिरहेको छ ।

यसै मुद्दामा आगामी शुक्रबारका लागि तोकिएको सुनुवाई पनि रद्द गरिएको छ । म्यानिङले अलेक्जान्ड्रिया जेलमा आफूलाई राखिए पनि जबर्जस्ती बयान गराउन बाध्य बनाउन नसकिने दाबी गर्दै आएकी थिइन् ।

म्यानिङले गत बुधबार जेलमा छँदा आत्महत्या गर्ने प्रयास गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अभियोजकहरूले भने म्यानिङको रिहाईका बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

म्यानिङले यसअघि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई गोप्य सूचना दिएको आरोपमा सात वर्ष सैनिक कारागारमा बिताइसकेकी छिन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : १३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले