सुरक्षण मुद्रण खरिद प्रक्रिया रद्द गर्न निर्देशन « Khabarhub

सुरक्षण मुद्रण खरिद प्रक्रिया रद्द गर्न निर्देशन


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघि बढाएको सुरक्षण मुद्रण खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकमा सांसदहरुले उक्त खरिद प्रक्रिया तत्काल रद्द गरी ग्लोबल बोलपत्र ‘टेन्डर’मार्फत प्रतिस्पर्धाका आधारमा अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।

बैठकले सुरक्षण मुद्रण खरिद प्रक्रियामा अनियमितता देखिएको भन्दै प्रक्रिया रद्द गरी आवश्यक भए प्रतिस्पर्धाका आधारमा मात्र खरिद गर्न निर्देशन दिने निर्णय गरेको हो ।

साथै बैठकले उक्त खरिद प्रक्रियामा अख्तियारको दुरुपयोग भएको सम्बन्धमा थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । उक्त खरिद प्रक्रिया सरकार–सरकार (जिटुजी) माध्यमबाट अघि बढाइएको थियो ।

यही खरिद प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ‘कमिशन’सम्बन्धी अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए। बैठकले उक्त खरिद प्रक्रियाको लागत अनुमानलगायत विवरण तयार गर्ने सम्बन्धमा थप छलफल गर्ने निर्णय गरेको छ ।

समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा भएको बैठकमा सांसदले सार्वजनिक खरिद कानूनमा व्यवस्था भएको जिटुजी खरिद प्रक्रियामा स्पष्ट व्यख्या नहुँदा यसको दुरुपयोग भएको भन्दै प्रश्न उठाएका थिए ।

जिटुजी प्रक्रियामाथि प्रश्न

बैठकमा सांसद डा मीनेन्द्र रिजालले मुलुकको खरिद प्रक्रियाका केही कमजोरीको फाइदा उठाएर केही सीमित व्यक्तिले सदैव हालीमुहाली गर्ने अवस्था रहेको बताउँदै समग्र प्रक्रियाको दिगो सुधारका लागि विचार गर्नुपर्ने बताए ।

सांसद विरोध खतिवडाले जिटुजी खरिद प्रक्रियाको नाममा दुरुपयोग भएको बताउँदै यसको स्पष्ट मापदण्ड र व्याख्याका लागि आवश्यक छलफल गर्नुपर्नेमा जोड दिए ।

सांसद धर्मशिला चापागाईंले जिटुजी खरिद प्रक्रिया सङ्कट पर्दा आवश्यकता पूरा गर्ने प्रक्रिया भए पनि यसको अपव्याख्या गर्ने गरिएको विचार व्यक्त गरिन् ।

साथै उनले सुरक्षण मुद्रण खरिद प्रक्रियाको छानबिन गरी दोषीलाई कारवाहीको माग गरिन् । सांसद तेजुलाल चौधरीले सुरक्षण मुद्रण खरिद प्रकरणमा राजीनामा दिएर मात्र नहुने भन्दै छानबिन गरी दोषीलाई कानूनी कारवाहीको दायरमा ल्याउनुपर्ने बताए ।

सांसद शरत्सिंह भण्डारीले जिटुजी खरिद प्रक्रियालाई गलत मनसाय भएका व्यक्तिले चोर बाटोका रुपमा प्रयोग गर्ने गरेकाले यसमा पुनःविचार गर्नुपर्ने बेला आएको बताए ।

सांसदले प्रश्न उठाएपछि बैठकले जिटुजी खरिद प्रक्रिया सम्बन्धमा सम्बन्धित निकाय, मन्त्री, मुख्यसचिव र सचिवलाई बैठकलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

बैठकमा सांसदहरुले बर्सेनी नोट, राहदानी, अन्तःशुल्क स्टिकरलगायत सुरक्षण सामग्री छपाइमा अर्बौं रकम बाहिरिने गरेको भन्दै मुलुकभित्रै सुरक्षण मुद्रण छापाखाना आवश्यक रहेकामो जोड दिएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : ३० बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण