तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो « Khabarhub

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चाप बढेको हो ।

किंवदन्तीअनुसार, सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेलेका थिए । राजाले कुदृष्टि लगाएपछि भवानी त्यहाँबाट अलप भएको जनविश्वास छ ।

राजाले क्षमायाचना गरेपछि भवानीले वर्षमा एक पटक मात्र दर्शन दिने वचन दिएको किंवदन्ती छ । यही जनविश्वासका कारण महानवमीका दिन तलेजु भवानीको दर्शन गर्न भक्तजन भक्तपुर पुग्ने गर्छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  १ : ०६ बजे

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी