डोटीको चार स्थानीय तहमा कोरोना भाइरस सहायता कक्ष « Khabarhub

डोटीको चार स्थानीय तहमा कोरोना भाइरस सहायता कक्ष


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित छतिवन स्वास्थ्यचौकी, दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित शैलेश्वरी अस्पताल, आर्दश गाउँपालिका–३ मौवा नगरदहस्थित मौवा स्वास्थ्यचौकी र जिल्ला अस्पताल डोटीमा सहायता कक्ष स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित फेला परेपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थामा आइसोलेसन कक्षको व्यवस्था गर्ने, गर्मीयाममा हुनसक्ने आगलागी, चट्याङजस्ता घटनाबाट बच्चन पूर्वतयारी गर्ने, क्वारेन्टाइनका लागि जमिन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन सञ्चय गरेर राख्न उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कर्मशलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने, कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने, स्थानीय तहले कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : ५० बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण