प्रधानमन्त्री डिस्चार्ज हुने भएपछि मन्त्रीहरु र मुख्यमन्त्री अस्पतालमा « Khabarhub

प्रधानमन्त्री डिस्चार्ज हुने भएपछि मन्त्रीहरु र मुख्यमन्त्री अस्पतालमा


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनेभएसँगै अस्पतालमा शुभेच्छुक र शुभचिन्तकको भीड लागेको छ ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि अस्पतालको बसाई सकेर निवास फर्कने तयारीमा रहेका ओलीलाई भेट्न मन्त्रीहरु, नेकपाका नेताहरु, परिवारजन नेकपाका नेता कार्यकर्ताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेता अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने भएसँगै अस्पतालमा सुरक्षाकर्मीको समेत बाक्लो उपस्थिती रहेको छ ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली फागुन १९ गते साँझ अस्पताल भर्ना भएका थिए ।

२१ गते प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनी भने बुधवार डिस्चार्ज भइसकेकी छिन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : २५ बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने