डिस्चार्ज पछि पनि प्रधानमन्त्री ओली चिकित्सककै निगरानीमा रहने « Khabarhub

डिस्चार्ज पछि पनि प्रधानमन्त्री ओली चिकित्सककै निगरानीमा रहने


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली निजी निवासमा हुँदा पनि चिकित्सककै निगरानी रहने भएका छन् ।

फागुन १९ गते अस्पताल भर्ना भइ २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १० दिन पछि (शुक्रबार) अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालको मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख तथा प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा दिव्य सिंह शाहका अनुसार डिस्चार्ज भएपछि पनि ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित ‘फलो–अप’ गराइरहने छन् ।

प्रधानमन्त्री ओलीले निजी निवासबाटै आफ्नो दैनिक कार्य सञ्चालन गर्न सक्ने डा सिंहले जनाएकी छन् । यद्यपि उनी सामान्य व्यक्ति झै पूर्ण रुपमा सक्रिय हुन भने अझै पनि ६ महिनादेखि १ वर्षसम्म लाग्नसक्ने डा सिंहको भनाइ छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : ४७ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि