खडेरी पीडित किसानलाई मकैको बीउ « Khabarhub

खडेरी पीडित किसानलाई मकैको बीउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटेहाङ गाउँपालिकाले खडेरी पीडित किसानलाई मकैको बीउ वितरण शुरु गरेको छ ।

यसवर्ष खडेरीका कारण मकै छर्न नपाउँदा र छरेको मकैको बिरुवा मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण शुरु गरेको हो ।

धमाधम मकै छर्ने बेला काठमाडौँबाट एक लाख २० हजारमा ८०० केजी खरिद गरेर ल्याएको मकैको बीउ वितरण शुरु गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए ।

‘खडेरीका कारण अधिकांश किसानको घरमा मकैको गेडोसमेत छैन’, उनले भने, ‘गाउँपालिकाको तर्फबाट खरिद गरेर अतिप्रभावित क्षेत्रका किसानलाई ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण शुरु गरिएको हो ।’

खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, वडा नम्बर–७ खोटाङबजारका बेँसी क्षेत्रका किसान तथा वडा नम्बर–९ लिच्कीराम्चेका किसानलाई वितरण गर्नेगरी मनोकामना ३ जातको ५०० केजी र देउती जातको मकैको ३०० केजी बीउ खरिद गरिएको जनाइएको छ ।

खरिद गरिएको बीउले डढुवा सहन सक्ने, घोगा नकुहिने र ध्वाँसे नलाग्ने गाउँपालिकाका कृषि शाखाका प्राविधिक ममता खवासले दाबी गरे ।

यसवर्षको खडेरीले जिल्लाका सबैजसो स्थानीय तहमा ठूलो क्षति गरेको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा खडेरीका कारण सबै बालीनाली सखाप भएपछि खाद्यान्न अभाव भएको छ ।

अनिकालबाट बचाउन नगरपालिकाले गत असोजबाटै परिवार सङ्ख्याको आधारमा आवश्यक खाद्यान्न उपलब्ध गराइरहेको छ । नगरवासीलाई भोकमरीबाट बचाउन चामल र दाल उपलब्ध गराइएको नगरप्रमुख इवन राईले जानकारी दिए ।

दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपाती लामो समयको खडेरीले सखाप पारेपछि स्थानीयवासी चिन्तित बनेका छन् । खेतीपातीबाहेक अन्य आम्दानीको अन्य स्रोत नहुने हलेसी क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव भएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ३७ बजे

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान