कोरोना भाइरस नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउन माग | Khabarhub Khabarhub

कोरोना भाइरस नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउन माग


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थ क्षेत्रका विज्ञले कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा असर परेको भन्दै सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष प्याकेजको घोषणा गर्नुपर्ने माग गरेका छन् ।

राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले कोरोनाका कारण विश्वव्यापीरुपमा पर्यटन व्यवसायमा सबैभन्दा ठूलो असर परेको र विदेशी विनिमय पनि घटेको बताए ।

अर्थविद् राजदूत प्राडा विश्वम्भर प्याकुरेलले विश्वभरि कोरोनाको प्रभाव देखिएकाले यसबाट नेपाललाई पनि असर परिहेको बताउँदै पूर्वतयारीका लागि सरकारसँग आग्रह गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा चन्द्रमणि अधिकारीले कोरोनाका कारण विश्व अर्थतन्त्रमा कति नोक्सानी हुन्छ भन्नेबारे पनि पछिल्लो समय टीकाटिप्पणी हुन थालेको बताए ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कोरोना एकबाट अर्कोमा सर्ने भएकाले यसको लक्षण देखिनेबित्तिकै उपचारका लागि स्वयम् व्यक्तिले सचेतना अपनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ५० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग