मनाङको धारापानीमा हेल्थ डेस्क स्थापना « Khabarhub

मनाङको धारापानीमा हेल्थ डेस्क स्थापना


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिमाली जिल्ला मनाङमा कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाइएको छ । कोरोनाबाट जोगिन जिल्लास्थित नासो गाउँपालिका १ धारापानीमा हेल्थ डेस्क स्थापना गरी बिहीबारदेखि पर्यटकको स्वास्थ्य चेकजाँच गर्न थालिएको हो ।

मनाङ नासों गाउँपालिका ,जिल्ला प्रशासन कार्यालय , जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पातल मनाङ र एक्याप धारापानी चेकपोष्टको संयुक्त पहलमा हेल्थ डेस्क स्थापना गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । प्रजिअ पौडेलका अनुसार डेस्कमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्य जाँच गरिनेछ ।

अन्नपुर्ण पदमार्गको पर्यटकको प्रमुख गन्तव्य मनाङमा दैनिक ५ सय बढी पर्यटक आउने भएकाले पर्यटकलाई समेत परीक्षण गरेर जिल्लामा प्रवेश गराउने उद्देश्यकासाथ हेल्थ हेस्क स्थापना गरिएको मनाङका प्रमुख जिल्ला पौडेलले बताए ।

कोरोना भाईरस (कोभिड –१९) छिमेकी राष्ट्र भारतमा पनि देखापरेको र मनाङसँग चिन जाडीएकाले खु्ला सिमानाका कारण मनाङको धारापानीमा स्वास्थ्य परिक्षणका लागि नासो गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए ।

उनले कोरोना संक्रमण विश्वव्यापी समस्या भएकोले यसको संक्रमणबाट जोगिन प्रचारप्रसार र सचेतनाका कार्यक्रम आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ४७ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच