कोरोना भाइरस : १ लाख १४ हजारको मृत्यु, ४ लाखभन्दा धेरै उपचारपछि निको « Khabarhub

कोरोना भाइरस : १ लाख १४ हजारको मृत्यु, ४ लाखभन्दा धेरै उपचारपछि निको


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ३ महिनादेखि महामारीको रुप लिएको कोरोना भाइरसका कारण विश्वभर १ लाख १४ हजार २२१ जनाको मृत्यु भएको छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सोमबार विहान ७ बजेसम्म १८ लाख ५२ हजार ६ सय भन्दाबढी मानिस संक्रमित भएका छन् ।

सङ्क्रमितमध्ये चार लाख २३ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणले अमेरिकामा मात्रै २२ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै पाँच लाख ६० हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् ।

अमेरिकापछि इटलीमा १९ हजार आठ सय ९९ जनाको मृत्यु भएको छ । त्यहाँ १ लाख ५६ हजार ३६३ जना संक्रमित भएका छन् ।

स्पेनमा १७ हजार २०९ जनाको मृत्यु भएको छ भने १ लाख ६६ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै फ्रान्समा १४ हजारभन्दा धेरै र बेलायतमा १० हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ ।

इरानमा ४ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ भने बेल्जियममा पनि ३ हजार ६ सय जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।

सुरुमा कोरोना भाइरसको महामारी फैलिएको मुलुक चीनमा पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ३४१ पुगेको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ७ : ४८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले