अमेरिकाको न्युयोर्कमा क्वारेन्टाइनमा बस्नुपर्नेका लागि निशुल्क होटलको व्यवस्था « Khabarhub

अमेरिकाको न्युयोर्कमा क्वारेन्टाइनमा बस्नुपर्नेका लागि निशुल्क होटलको व्यवस्था


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको न्युयोर्कमा कोरोना भाईरसका कारण क्वारान्टाईनमा बस्नु पर्नेहरुका लागि निशुल्क होटलको व्यवस्था गरिएको छ ।

गैह्रसरकारी संस्था ‘अधिकार’ले न्युयोर्क शहरको स्वास्थ्य अस्पताल सेवा र काउन्सिल मेम्बर ड्यानिल ड्रोमसँगको समन्वयमा उक्त व्यवस्था गरेको हो ।

यो निर्देशिका न्युयोर्क शहरको स्वास्थ्य तथा अस्पताल सेवा न्युयोर्क सिटी स्वास्थ्य तथा अस्पताल(एच एच) अन्तर्गतका अस्पतालहरुमा मात्र लागु गरिएको छ।

एचएचका अनुसार यदि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु परेमा सबै खर्च तिरिएको होटेलको कोठाको माग गर्न सकिनेछ ।

https://www.facebook.com/adhikaar/posts/10157474047713253?__tn__=K-R

एच एच अन्तर्गतको अस्पतालमा आकस्मिक सेवा (ईमरजेन्सी) मा भर्ना भइ अस्पतालले क्वारेन्टाइनमा बस्न पठाएको र उपचारपछि अस्पतालले घर पठाउन लागेको अवस्थामा यो सेवा लिन सकिनेछ ।

अस्पतालमा दोभाषे आवश्यक परेमा ३११ मा फोन गरेर यो सेवा लिनका लागि अनुरोध गर्न सकिनेछ । क्वारान्टाईनका लागि निशुल्क होटेलको कोठा सहित खानपिनको पनि व्यवस्था गरिनेछ ।

त्यसको साथै अन्य रोगको लागि विषेश हेरचाह, होम केयर र स्वभाव बारे स्वास्थ (बिहेबियरल हेल्थ) सेवा पनि उपलब्ध गराईनेछ । तर होटेलमा आईसीयू सेवा भने पाईंदैन ।

अधिकारले यी जानकारी समेटिएका सूचनाहरु विभिन्न भाषाहरुमा छापेर अस्पतालको ढोकाहरुमा टाँस्न र प्रवेशद्वारमा बस्ने कर्मचारी र सुरक्षाकर्मीहरुलाई पर्चाहरु बाड्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : २४ बजे

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको