नेपालमै पहिलोपटक २५ सय मिटरको उचाइमा फेला पर्‍यो पाटेबाघ | Khabarhub Khabarhub

नेपालमै पहिलोपटक २५ सय मिटरको उचाइमा फेला पर्‍यो पाटेबाघ


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- नेपालमा पहिलोपटक २५ सय मिटरको उचाइमा पाटेबाघ फेला परेको छ ।

उक्त बाघको तस्वीर क्यामेरामा कैद भएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

‘डडेल्धुरा जिल्लाको महाभारत वनक्षेत्रमा २५०० मिटरको उचाइमा पाटेबाघको तस्वीर कैद भएको छ’, उनले भने ,’ सम्भवत नेपालको वन क्षेत्रको इतिहासमा यो उचाइमा पाटेबाघ पाइएको पहिलो घटना हो । ‘

२५ सय मिटरको उचाइमा पाटेवाघ फेला पर्नाले वाताबरण, वन्यजन्तु प्रेमीलाई खुसि तुल्याएको उनलेब बताए ।

यतिधेरै उचाइमा पाटेबाग फेला परेसँग पाटेबाघको क्षेत्रमा अध्ययन गर्ने नया ढोका खुलेको छ । उक्त बाघ त्यहाको रैथाने हो वा अन्यत्रबाट आहाराको खोजीमा यहाँ आइपुगेको हो त्यसको बिस्तृत अध्ययन हुन् बाकि रहेको उनले बताए । प्राप्त भएका सम्पूर्ण तथ्यांकको विश्लेषण पश्चात अन्य कुराहरु थाहा उनले बताए ।

तराइ भू परिधि कार्यक्रम, विश्ववन्य जन्तु कोष नेपालको आर्थिक एवं प्राबिधिक सहयोग र डिभिजन बन कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा गत मार्च ६ देखि अप्रिल ६ सम्म महाभारत वनक्षेत्रको वन्यजन्तुको अध्ययन गर्ने र मुलत त्यहाँ पाटेबाघको उपस्थितिलाई यकिन गर्ने अभिप्रयाले ३२ जोडी क्यामेरा राखिएको थियो ।

उक्त ३२ जोडी मध्ये १ स्थानमा उक्त पाटेबाघको तस्वीर रेकर्ड भएको उनले बताए । क्यामेरामा पाटेबाघको अतिरिक्त रेड फक्स, चितुवा, घोरल, लार्ज इन्डिएन् सिभेट, लिओपार्ड क्याट, दुम्सी, मृगका प्रजातिहरू, चराहरु लगाएत सयौ महत्वपूर्ण वन्यजन्तुको तस्वीर कैद भएका छन् । जसले डडेल्धुरा जिल्लाको महाभारत क्षेत्रमा पाइने वन्यजन्तुको प्रचुरता र सघनतालाई पुष्टि गरेको उनले बताए ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १ : ०० बजे

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

काठमाडौं– उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

एजेन्सी – गाजापट्टीमा सक्रिय लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै

एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ? 

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको आयात निर्यातको