नयाँ वर्षका दिन जन्मदिन मनाउँछन् यी सेलिब्रेटी | Khabarhub Khabarhub

नयाँ वर्षका दिन जन्मदिन मनाउँछन् यी सेलिब्रेटी


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्षसँगै आज तीन सेलिब्रेटीको जन्मदिन पनि परेको छ । वैशाख १ अर्थात् आजको दिन नेपालका ३ चर्चित स्टारको जन्मदिन परेको छ ।

अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेता दयाहाङ राई र शिवहरि पौडेलको आज जन्मदिन पनि हो । सेलिब्रेटी र फ्यानले तीनैलाई जन्मदिनको शुभकामनाका साथै नयाँ वर्षको शुभकामना दिएका छन् ।

अभिनेता दीपकराज गिरीले अभिनय गरेको पछिल्लो फिल्म ‘छ माया छपक्कै’ गतवर्ष सुपरहिट भएको थियो । यी अभिनेताको आज जन्मदिन परेको छ । सेलिब्रेटीले हिजैदेखि गिरीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

यस्तै आजै जन्मदिन परेको दयाहाङ राईलाई पनि जन्मदिनको शुभकामनाको ओइरो लागेको छ । गत वर्ष दयाहाङ राईले अभिनय गरेको फिल्म ‘जात्रै जात्रा’ हिट भएको थियो । अरु फिल्मले औसत चर्चा कमाए पनि दयाहाङको क्रेज भने घटेको छैन ।

दयाहाङलाई पनि फ्यान र सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका छन् ।

यस्तै आजै परेको जन्मदिनमा हास्यकलाकार शिवहरि पौडेललाई पनि शुभकामनाको ओइरो लागेको छ । लामो समय टेलिफिल्म ‘जिरे खुर्सानी’ मार्फत गाउँगाउँका दर्शकमाझ पुगेका शिवहरि पछिल्लो समय फिल्म क्षेत्रमा सक्रिय छन् ।

उनको निर्देशन रहेको फिल्म ‘लक्का जवान’ रिलिजका लागि तयार छ । लकडाउनका कारण फिल्मको निर्धारित मिति स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १ : ४६ बजे

बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

काठमाडौं– बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा