नयाँ वर्षका दिन जन्मदिन मनाउँछन् यी सेलिब्रेटी « Khabarhub

नयाँ वर्षका दिन जन्मदिन मनाउँछन् यी सेलिब्रेटी


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्षसँगै आज तीन सेलिब्रेटीको जन्मदिन पनि परेको छ । वैशाख १ अर्थात् आजको दिन नेपालका ३ चर्चित स्टारको जन्मदिन परेको छ ।

अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेता दयाहाङ राई र शिवहरि पौडेलको आज जन्मदिन पनि हो । सेलिब्रेटी र फ्यानले तीनैलाई जन्मदिनको शुभकामनाका साथै नयाँ वर्षको शुभकामना दिएका छन् ।

अभिनेता दीपकराज गिरीले अभिनय गरेको पछिल्लो फिल्म ‘छ माया छपक्कै’ गतवर्ष सुपरहिट भएको थियो । यी अभिनेताको आज जन्मदिन परेको छ । सेलिब्रेटीले हिजैदेखि गिरीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

यस्तै आजै जन्मदिन परेको दयाहाङ राईलाई पनि जन्मदिनको शुभकामनाको ओइरो लागेको छ । गत वर्ष दयाहाङ राईले अभिनय गरेको फिल्म ‘जात्रै जात्रा’ हिट भएको थियो । अरु फिल्मले औसत चर्चा कमाए पनि दयाहाङको क्रेज भने घटेको छैन ।

दयाहाङलाई पनि फ्यान र सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका छन् ।

यस्तै आजै परेको जन्मदिनमा हास्यकलाकार शिवहरि पौडेललाई पनि शुभकामनाको ओइरो लागेको छ । लामो समय टेलिफिल्म ‘जिरे खुर्सानी’ मार्फत गाउँगाउँका दर्शकमाझ पुगेका शिवहरि पछिल्लो समय फिल्म क्षेत्रमा सक्रिय छन् ।

उनको निर्देशन रहेको फिल्म ‘लक्का जवान’ रिलिजका लागि तयार छ । लकडाउनका कारण फिल्मको निर्धारित मिति स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १ : ४६ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि