तरकारीले बजार पाएनः किसानलाई पास छैन | Khabarhub Khabarhub

तरकारीले बजार पाएनः किसानलाई पास छैन


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् ।

बजारसम्म तरकारी बिक्रीका लागि पु¥याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसान बाध्य छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारीले बजार नपाउँदा लगानी पनि नउठ्ने कोहलपुरका किसान किसान लक्ष्य खड्काले बताए ।

बाँकेमा यस याममा एक हजार ७५० हेक्टरमा तरकारी खेती तथा सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । अहिले लौका, करेला, भिन्डी(रामतोरियाँ), बोडी, टमाटर(गोलभेंडा), काँक्रा, सागलगायत तरकारी उत्पादन भएको छ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ ।

बन्दाबन्दीका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पु¥याउन नसकिएकाले किसान मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ ।

नेपालगञ्ज आसपासका तरकारी थोक बजारमा बिक्रीका लागि ल्याउन सकिए पनि टाढा कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको बजार पठाउन किसानलाई समस्या भएको छ । नेपालगञ्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द भएकाले पनि समस्या भएको छ ।

बन्दाबन्दीमा किसानसँग आवतजावतको ‘पास’ नहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँंग पहल भइरहेको प्रमुख ढकालको भनाइ छ । बाँकेमा उत्पादित तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, तिनले विषादी तथा मल समेत किन्न पाएका छैनन् । खेतीबारीमा काम गर्नका लागि आउजाउमा पनि समस्या भइरहेको उनीहरुको गुनासो छ ।

झिमरुक– प्युठान नगरपालिका वडा नं ८ खप्रेङखोलाकी विपना भण्डारीले चार वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । उनले चार रोपनी जग्गा भाडामा लिएर खेती गर्दै आएका छन् । उनको तरकारी बारीमा अहिले बन्दागोभी, काँक्रा, सिमी, लौका, घिरौँला, फर्सीलगायत तरकारी उत्पादन भएका छन् ।

उत्पादित सब्जी बेचिन ठीक परेका छन् तर उहाँले लकडाउनका कारण बेच्न पाएका छैनन् ।

आफूले उब्जाएको तरकारी दैनिक प्युठान ८ बाग्दुला बजारमा रहेको तरकारी संकलन केन्द्रमा पु¥याएर बिक्री गर्ने गरेको भए पनि लकडाउनका कारण संकलन केन्द्रसँंगै बजार सबै बन्द भएपछि बेच्न नपाइएको उनले बताए ।

मुख्य पेशाकै रुपमा तरकारी खेती गर्दै आएका  भण्डारीलाई यस समयमा तरकारी बेच्न नपाएकामा पिरलो छ । उनले भने , ‘जग्गा भाडा लिएर तरकारी खेती गरेको हुँ तर उब्जाउ भएको तरकारीले बजार नपाएपछि खेतमै सड्न थालेको छ ।’
वार्षिक रु ३० हजार जग्गाको भाडा तिरेर तरकारी खेती गरेका उनले बीउ, विषादी र मलको लागतसमेत तरकारी बेचेर कमाउन नसकेको बताए ।

बिक्रीका लागि तयार भएको करीब १० क्विन्टल तरकारी खेतबारीमै कुहिन थालेको स्थानीयवासी किसान माधवा गिरी बताए ।

‘आर्थिक आम्दानीको स्रोत भनेकै यही तरकारी खेती हो’, उहाँले भन्नुभयो, ‘बजार नपाएपछि दैनिकी चलाउन समस्या भएको छ ।’ आफ्नो मेहनतभन्दा पनि ऋणधन गरेर बीउ खरीद गर्दाको लागत र जग्गाको भाडा तिर्ने रकमसम्म भए पनि उठाउन पाए केही राहत हुने उनले बताए ।

तरकारी व्यवसायी रेखा सार्कीले पनि जग्गा भाडा लिएर तरकारी खेती गरेको बताउँदै लकडाउनका कारण उब्जाउ भएको सबै तरकारी सड्न थालेकामा चिन्ता व्यक्त गरे ।

प्युठान ८ खप्रङ्खोला, गेजवाङ र सूर्यनगरका करीब ६० घरपरिवारले व्यावसायिक तरकारी खेतीबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । यसरी लम्बिँदै गएको लकडाउनका कारण तरकारी बिक्री गर्न नपाएपछि छाक टार्नसमेत समस्या हुन थालेको उनीहरुको गुनासो छ । किसानले उब्जाएको तरकारी स्थानीय सरकारले बजारसम्म लैजाने व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग छ ।

प्युठान ८ का वडाध्यक्ष लिलापसिंह केसीले किसानले उत्पादन गरेको तरकारी बजार व्यवस्थापनका लागि पहल गरिएको बताउनुभयो । “किसानलाई निराश हुन दिन्नौँ, कुनै माध्यमबाट उहाँहरुको लगानीसम्म भए पनि उपलब्ध गराउँछौँ,” उनले भने ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १ : ३६ बजे

एनआईसी एशियाबाट बाहिरिए सीईओ न्यौपाने

काठमाडौँ– एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले

चुनौतीभित्र अवसर पनि छ : महान्यायाधिवक्ता भण्डारी

काठमाडौं– नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल कानुन

अर्थतन्त्रको विकासका लागि कानुनी स्पष्टता जरुरी : गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासमा

जेन-जी आन्दोलनमा घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भयो : कांग्रेस नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेन-जी आन्दोलनमा घुसपैठ गरी

फेरि कांग्रेस-कम्युनिस्ट हाबी भए जेन-जीको आन्दोलन व्यर्थ हुन्छ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा देखापरेको वर्तमान संकटको