पेटको बोसो घटाउनु छ भने आजैबाट खान थाल्नुस् यी खानेकुरा « Khabarhub

पेटको बोसो घटाउनु छ भने आजैबाट खान थाल्नुस् यी खानेकुरा


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, स्वास्थ्य भन्दा स्वादलाई प्रथामिकता लगाएत कारणले अहिले थुप्रै मानिसको समस्या बनेको छ पेट लाग्नु ।

अनावश्यक पुल्टुक्क निस्कने पेटले मानिसको शरीर भद्दा त देखिन्छ नै, विभिन्न रोगको जोखिम समेत बढाउँछ । कसरी घटाउने त पेटको बोसो । एजेन्सीहरुले पेटको बोसो घटाउन निम्न लिखित खानेकुरा खान सुझाव दिएका छन् ।

लसुनः लसुनलाई सर्वगुण सम्पन्न मानिन्छ । यसमा हुने प्राकृतिक एन्टी बायोटिकले मुख्य गरी सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ ।

यसबाहेक लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । परिणाम तपाईंलाई पेट लाग्नबाट जोगाउँछ र स्वस्थय राख्न मद्धत गर्छ ।

केराः फलुलमा केरालाई एकदम राम्रो मानिन्छ । यसमा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

स्याउः बोसो घटउन स्याउ निकै उपयोगी मानिन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ ।

दालचीनीः शरिरको तौल घटाउन दालचीनी निकै उपयोगी मानिन्छ । बिहान ब्रेकफाष्ट भन्दा अधि र सुत्नुभन्दा अघि एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाएर सेवन गर्ने हो भने स्वस्थ्यका लागि एकदमै लाभदायी मानिन्छ ।

ग्रीन टीः सामान्यतया ग्रीन टी स्वास्थ्यका लागि एकदमै उपयोगी मानिन्छ । अध्ययन अनुसार, ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ । जुन यौगिकले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ र स्वास्थ्य राख्न मद्धत गर्छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १ : ५८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा