पेटको बोसो घटाउनु छ भने आजैबाट खान थाल्नुस् यी खानेकुरा « Khabarhub

पेटको बोसो घटाउनु छ भने आजैबाट खान थाल्नुस् यी खानेकुरा


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, स्वास्थ्य भन्दा स्वादलाई प्रथामिकता लगाएत कारणले अहिले थुप्रै मानिसको समस्या बनेको छ पेट लाग्नु ।

अनावश्यक पुल्टुक्क निस्कने पेटले मानिसको शरीर भद्दा त देखिन्छ नै, विभिन्न रोगको जोखिम समेत बढाउँछ । कसरी घटाउने त पेटको बोसो । एजेन्सीहरुले पेटको बोसो घटाउन निम्न लिखित खानेकुरा खान सुझाव दिएका छन् ।

लसुनः लसुनलाई सर्वगुण सम्पन्न मानिन्छ । यसमा हुने प्राकृतिक एन्टी बायोटिकले मुख्य गरी सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ ।

यसबाहेक लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । परिणाम तपाईंलाई पेट लाग्नबाट जोगाउँछ र स्वस्थय राख्न मद्धत गर्छ ।

केराः फलुलमा केरालाई एकदम राम्रो मानिन्छ । यसमा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

स्याउः बोसो घटउन स्याउ निकै उपयोगी मानिन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ ।

दालचीनीः शरिरको तौल घटाउन दालचीनी निकै उपयोगी मानिन्छ । बिहान ब्रेकफाष्ट भन्दा अधि र सुत्नुभन्दा अघि एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाएर सेवन गर्ने हो भने स्वस्थ्यका लागि एकदमै लाभदायी मानिन्छ ।

ग्रीन टीः सामान्यतया ग्रीन टी स्वास्थ्यका लागि एकदमै उपयोगी मानिन्छ । अध्ययन अनुसार, ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ । जुन यौगिकले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ र स्वास्थ्य राख्न मद्धत गर्छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १ : ५८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६