लकडाउनका बेला पनि अत्यावश्यक सेवाका सवारीको मर्मत गर्दै सिप्रदी « Khabarhub

लकडाउनका बेला पनि अत्यावश्यक सेवाका सवारीको मर्मत गर्दै सिप्रदी


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले लकडाउनका बेला समेत सवारी साधनहरुको मर्मत तथा सर्भिसिङलाई जारी राखेको छ ।

अत्यावश्यक सेवाका लागि परिचालन भएका सवारी साधनहरु बिग्रेको अवस्थामा तत्काल मर्मत गर्ने गरी सर्भिसिङ सेवा प्रदान गरिएको सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । सिप्रदीले त्यसयता करिब १०० भन्दा बढीको संख्यामा एम्बुलेन्स, आकमिस्मक स्वास्थ्य सेवा र सुरक्षामा खटिएका गाडीको मर्मत गरेको छ । यस्तै लकडाउनको अवधिमा १६० भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा दिइएको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना कर्मचारी तथा मजदुरहरुको पूर्ण सुरक्षामा विशेष सावधानी अपनाएर सेवाहरु प्रवाह गरिरहेको जनाएको छ ।

‘सरकारद्वारा जारी गरिएका नियम पालना गरी हाम्रा आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरु २४सै घण्टा राष्ट्रका सेवक तथा हाम्रा ग्राहकहरुलाई सेवा दिन तयार छन्,’ कम्पनीले एक विज्ञप्तीमा भनेको छ ।

सिप्रदीले लकडाउनको अवस्थामा पनि देशका विभिन्न २५ स्थानबाट सवारीसाधनहरुलाई सेवा दिइरहेको जनाएको छ ।

कम्पनीले अत्यावश्यक सेवाका लागि खटिएका सवारी साधन (एम्बुलेन्स) लगायतको मर्मत आवश्यक परेमा फोन नम्बर १६६००१५५७७७ (एनटीसी) र ९८०१५७५७७७ (एनसेल)मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  २ : १६ बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३