अत्यावश्यक सवारी साधन सञ्चालनका लागि अब अनलाइनबाटै पास लिन सकिने « Khabarhub

अत्यावश्यक सवारी साधन सञ्चालनका लागि अब अनलाइनबाटै पास लिन सकिने


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवस्थमा अत्यावस्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने भएको छ।

गृह मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी अति आवश्यक अवस्थाका लागि अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने बताएको हो।

पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा (बादल) ले सामाजिक दूरी कायम गर्न देशभर लकडाउन गरिएको अवस्थामा अत्यावश्यक कार्यको लागि बाहिर निस्कन परेमा पास लिन सहज होस भन्ने उद्देश्यले ई–पासको व्यवस्था गरिएको बताए।

उनले अनलाइन प्रणालीमार्फत ई–पास दिने व्यवस्था गरिएपनि सरकारले सकेसम्म कम पास वितरण गर्ने नीति लिएको बताए। उनले अत्यावश्यक काम परेकाहरुलाई मात्रै पास दिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिए।

मंगलबारदेखि सुरु हुने यो सेवा www.epass.moha.gov.np मा उल्लेख भएका विवरणहरु भरेर लिन सकिने छ। गृहमन्त्री थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले ई–पासको व्यवस्था गरेको भन्दै अति आवश्यक काम परे मात्र विवारण भर्न आग्रह गरे।

ई–पास लिनका लागि व्यक्तिगत विवरण, सवारी साधनको विवरण स्पष्टसँग खुलाउनुपर्ने छ। यस्तै परिचयपत्र अपलोड गर्नुपर्ने छ भने ई–पास आवस्यक पर्नुको कारण र अवधि खुलाउनेपर्ने छ।

दुर्गम जिल्लाहरु र इन्टरनेटको पहुँच नभएका ठाउँमा भने पुरानै विधिबाट समेत पास लिन सकिने व्यवस्था कायमै राख्ने गृहमन्त्री थापाले बताए।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ४८ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत