अत्यावश्यक सवारी साधन सञ्चालनका लागि अब अनलाइनबाटै पास लिन सकिने | Khabarhub Khabarhub

अत्यावश्यक सवारी साधन सञ्चालनका लागि अब अनलाइनबाटै पास लिन सकिने


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवस्थमा अत्यावस्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने भएको छ।

गृह मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी अति आवश्यक अवस्थाका लागि अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने बताएको हो।

पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा (बादल) ले सामाजिक दूरी कायम गर्न देशभर लकडाउन गरिएको अवस्थामा अत्यावश्यक कार्यको लागि बाहिर निस्कन परेमा पास लिन सहज होस भन्ने उद्देश्यले ई–पासको व्यवस्था गरिएको बताए।

उनले अनलाइन प्रणालीमार्फत ई–पास दिने व्यवस्था गरिएपनि सरकारले सकेसम्म कम पास वितरण गर्ने नीति लिएको बताए। उनले अत्यावश्यक काम परेकाहरुलाई मात्रै पास दिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिए।

मंगलबारदेखि सुरु हुने यो सेवा www.epass.moha.gov.np मा उल्लेख भएका विवरणहरु भरेर लिन सकिने छ। गृहमन्त्री थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले ई–पासको व्यवस्था गरेको भन्दै अति आवश्यक काम परे मात्र विवारण भर्न आग्रह गरे।

ई–पास लिनका लागि व्यक्तिगत विवरण, सवारी साधनको विवरण स्पष्टसँग खुलाउनुपर्ने छ। यस्तै परिचयपत्र अपलोड गर्नुपर्ने छ भने ई–पास आवस्यक पर्नुको कारण र अवधि खुलाउनेपर्ने छ।

दुर्गम जिल्लाहरु र इन्टरनेटको पहुँच नभएका ठाउँमा भने पुरानै विधिबाट समेत पास लिन सकिने व्यवस्था कायमै राख्ने गृहमन्त्री थापाले बताए।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ४८ बजे

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी

‘नाडा अटो शो’को एक लाख ६० हजार जनाले गरे अवलोकन

काठमाडौं– भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक

 जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक

महेन्द्रनगर– मधेस प्रदेश सरकारले अगामी असोजमा आयोजना गर्ने सुशासन सम्मेलनको

जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’

एजेन्सी – अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औँ स्वतन्त्रता दिवस अवसरमा

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको