पेप्सीकोलामा र्‍यापिड टेष्टमा एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ « Khabarhub

पेप्सीकोलामा र्‍यापिड टेष्टमा एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंकाे पेप्सीकोलामा एकै परिवारका तीन जनामा र्‍यापिड टेष्ट किटबाट गरिएको कोरोना परीक्षण पोजेटिभ देखिएको छ ।

हालै बेलायतबाट फर्किएका उनीहरुमा र्‍यापिड टेष्ट किटबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरुमा कोरोनाको संक्रमण देखिएपछि पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसाेलेशनमा राखिएको हो ।

अस्पतालले थ्रोड स्वाब संकलन गरी पीसीआर विधिबाट पुनः परीक्षण गर्न लागेको अस्पतालका निर्देशक शर्माले बताए । डा शर्माका अनुसार उनीहरु केही समय अगाडि बेलायतबाट नेपाल आएका हुन्।

उनीहरुमा र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षण पोजेटिभ देखिएपछि अहिले उनीहरु बसेको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट सील गरिएको छ । सो क्षेत्रमा प्रहरीले उच्न  निगरानी समेत बढाएको छ ।

अहिले प्रहरीले अपार्टमेन्ट भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन ।

प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ । पोखरेलका अनुसार उनीहरु तीन जना गत  चैत ५ गते बेलायतबाट आएको थाहा भएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ७ : २४ बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले