एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक « Khabarhub

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का रूपमा रहेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर२०८२.ओआरजी) को वेबसाइट आज सार्वजनिक गरेका छन्  ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बेभसाइट सार्वजनिक गरेका हुन् ।

 इन्स्पायरले नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीबारे अध्ययन तथा अनुसन्धान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले जानकारी दिए ।

 उनका अनुसार प्रतिष्ठानले नीतिनिर्माता र विषयविज्ञलाई एकै ठाउँमा ल्याएर विभिन्न विषयमा छलफल तथा नीतिगत बहस सञ्चालन गर्दै आएको छ ।

ज्ञान उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै नेपालको लोकतान्त्रिक, समाजवादोन्मुख तथा राष्ट्रिय विकासको एजेन्डामा योगदान पुर्‍याउने प्रतिष्ठानले लक्ष्य राखेको छ ।

वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासम्बन्धी सामग्री समेटिएका छन् । 

यसअघि प्रतिष्ठानले आयोजना गरेका नीतिगत बहसका कार्यपत्र तथा जर्नलमा प्रकाशित आलेखसमेत वेबसाइटमा राखिएका छन् । वेबसाइटमा आठवटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदन समावेश छन् ।

इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा प्रकाशित सामग्रीमाथि नीतिगत बहस गरी प्राप्त नयाँ विचारलाई पनि समावेश गरिनेछ ।

वेबसाइटमा प्रकाशित सामग्री तथा तिनले उठाएका विषयबारे डा युवराज खतिवडा, प्राडा योगेन्द्रबहादुर गुरुङ, डा नेत्र तिम्सिना, डा विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा टीका ढकालले धारणा राखेका थिए । वेबसाइटको नेपाली भाषातर्फ रामशरण बजगाईं र अङ्ग्रेजी भाषातर्फ बालकृष्ण कट्टेल सम्पादक रहेका छन्  ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ५ : १४ बजे

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले