संक्रमितको पछि हिँड्दा पनि कोरोना संक्रमणको खतरा « Khabarhub

संक्रमितको पछि हिँड्दा पनि कोरोना संक्रमणको खतरा


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस ‘ड्रपलेट्स’ (हाच्छ्युँ वा खोक्दा निस्किएका थुकका छिटाहरु) हावाको माध्यमद्वारा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ ।

त्यसैले मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा मुखमा हात राख्ने तथा मास्क लगाउने वा रुमालले छोप्ने सल्लाह दिने गरिन्छ ।

एक नयाँ रिसर्चका अनुसार भाइरस संक्रमित व्यक्तिको आसपासमा हुने, संक्रमित व्यक्तिको पछाडि हिँड्ने वा दौडिने मानिसमा सहजै सर्ने बताइएको छ ।

नेदरल्याण्डस्को एक टेक्नोलोजी युनिभर्सिटीका प्रोफेसर बर्ट ब्लोकन र फ्याबियो म्यालिजियाले सिम्युलेशन टेक्निकको माध्यमबाट यो भाइरसल कसरी संक्रमितबाट टाढा रहँदा पनि अन्य व्यक्तिहरुलाई ग्रस्त बनाईरहेको छ भन्ने बारेमा अनुसन्धान गरेका थिए ।

टेक्नोलोजिस्टका अनुसार कोरोना भाइरस संक्रमित व्यक्ति भन्दा ६ फिटको दुरीमा रहेका मानिसहरुमा यसले आफ्नो प्रकोप सहजै सार्न सक्छ ।

रिपोर्टमा कोरोना संक्रमित आसपासमा रहनु वा बस्नु र संक्रमित व्यक्तिको ६ फिट पछाडि वा त्यो भन्दा पनि धेरै दुरीमा रहेर दौडिने वा हिँड्ने मानिसहरुमा कोरोनाको प्रकोपको खतरा सहजै फैलिने रिसर्चबाट पत्ता लागेको छ ।

कोरोना भाइरसको ड्रपलेट्सले ६ फिटको दुरी राख्दा पनि आफ्नो प्रभाव दोश्रो व्यक्तिमा गरिरहेको हुने रिसर्चबाट पत्ता लागेको हो ।

संक्रमित व्यक्ति भन्दा पछि ६ फिटको दुरी कायम गरेर हिँड्दा वा दौडिनु भन्दा साथमै दौडिनु सुरक्षित रहेको टेक्नोलोजिस्टहरुको दाबी छ । तर त्यो भन्दा सुरक्षित भने धेरै लामो डिस्टेन्समा रहनु नै रहेको छ ।

‘न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित यस रिपोर्टमा वैज्ञानिकहरुले कोरोना भाइरस सरफेस बाहेक हावामा पनि घण्टौसम्म सक्रिय रहने दाबी गरेका थिए ।

शोधकर्ताहरुका अनुसार खोक्दा वा हाच्छ्यु गर्दा बाहिर निस्किएका छिटाहरुबाट बाहिर आएका ‘माइक्रोस्कोपिक ड्रपलेट्स’ करिव ३ घण्टासम्म हावामा सक्रिय रहन्छ ।

हावामा रहेका आधा भन्दा धेरै भाइरस पार्टिकल्स करिव ६६ मिनेटमा निष्क्रिय हुन्छ, साथै भाइरसका लगभग २५ प्रतिशत पार्टिकल्स १ घण्टासम्म एक्टिभ रहन्छ ।

कोरोना भाइरस तामाको भाँडाहरुमा जम्मा थोरै समयसम्म जीवित रहन्छ । ४६ मिनेटमा तामाका भाँडाहरुमा कोरोना भाइरसको आधा असर हराइसकेको हुनै रिसर्चरहरुको दाबी छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : १९ बजे

चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका

रविलाई जिम्मा लगाएर हिँडे बालेन, केन्द्रीय सदस्यको निर्वाचनपछि सचिवालय र पदाधिकारीको निर्णय हुने

काठमाडौं- यही आइतबारदेखि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेता चितवनमा

पूर्वाधार विकास समितिका अध्यक्ष गजुरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, पाँच एजेन्डा अघि सारे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका