अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत « Khabarhub

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्र तथा प्रयासहरू असफल भएको दावी गरेका छन्।

मंगलवार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव बस्नेतले यस्तो दावी गरे। उनले अध्यक्ष ओलीलाई भौतिक रुपमै समाप्त पार्ने खालका प्रयास भइरहेको उल्लेख गर्दै ती सबै षड्यन्त्रहरू असफल भइसकेको दावी गरे।

उनले पार्टीभित्रकै केही नेताहरूले राज्य संयन्त्रको दुरुपयोग गरेर अध्यक्ष ओलीविरुद्धको अभियान चलाएको आरोप समेत लगाए।

उनले जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने कार्यक जारी रहेको बताए।

उनले अहिलेसम्म प्रतिवेदनमाथि ४१ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेको उल्लेख गर्दै अधिकांश सदस्यहरूले ओलीको राजनीतिक प्रतिवेदनको खुलेर समर्थन गरिरहेको बताए।

उनका अनुसार बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि पार्टीभित्र विशेष महाधिवेशन बोलाउने आफूहरूको मनशाय नरहेको बताएका छन्।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ९ : ०३ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र