रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई पनि कोरोना भाइरसको संक्रमण


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पोस्कोभ पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ५२ वर्षीय पेस्कोभ राजधानी मस्कोस्थित एक अस्पतालमा भर्ना भएका छन् ।

सन् २००८ देखि पुटिनको प्रवक्ताको रूपमा कार्यरत पोस्कोभ अप्रिल ३० यता पुटिनसँग देखिएका थिएनन् । त्यसयता उनी पुटिनसँग भिडियो कन्फरेन्समार्फत सम्पर्कमा रहेको बताइएको छ ।

संक्रमित संख्याका आधारमा अमेरिका र स्पेनपछि सबैभन्दा धेरै प्रभावित भएको रूसमा अहिलेसम्म २ लाख ३२ हजार २४३ जना संक्रमित भएका छन् ।

त्यहाँ २ हजार ११६ जनाको मृत्यु भएको छ भने एक साता यता दैनिक १० हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ३८ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित