रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई पनि कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई पनि कोरोना भाइरसको संक्रमण


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पोस्कोभ पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ५२ वर्षीय पेस्कोभ राजधानी मस्कोस्थित एक अस्पतालमा भर्ना भएका छन् ।

सन् २००८ देखि पुटिनको प्रवक्ताको रूपमा कार्यरत पोस्कोभ अप्रिल ३० यता पुटिनसँग देखिएका थिएनन् । त्यसयता उनी पुटिनसँग भिडियो कन्फरेन्समार्फत सम्पर्कमा रहेको बताइएको छ ।

संक्रमित संख्याका आधारमा अमेरिका र स्पेनपछि सबैभन्दा धेरै प्रभावित भएको रूसमा अहिलेसम्म २ लाख ३२ हजार २४३ जना संक्रमित भएका छन् ।

त्यहाँ २ हजार ११६ जनाको मृत्यु भएको छ भने एक साता यता दैनिक १० हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ३८ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल