कोरोनाको त्रासले गोरखा भर्ती अनिश्चित « Khabarhub

कोरोनाको त्रासले गोरखा भर्ती अनिश्चित


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट सिर्जित समस्याको चपेटामा गोरखा भर्ती पनि परेको छ । यसवर्ष नयाँ भर्ती हुने कि नहुने अनिश्चित भएको छ ।

ब्रिटिश आर्मीले एक सूचना प्रकाशित गर्दै यस वर्ष नयाँ दर्ता र क्षेत्रीय छनौट नहुने स्पष्ट पारेको छ । “कोरोना भाइरसको महामारीले गर्दा ब्रिटिश गोरखा नेपालले ‘रिक्रुट इन्टेक २१’ को ‘रजिष्ट्रेसन’ तथा ‘रिजनल सेलेक्सन’ सुरक्षित ढंगले गर्न नसक्ने जानकारी गराउँदछौं” सूचनामा उल्लेख छ ।

सामान्य अवस्थामा गोरखा भर्तीमा भर्ना हुन इच्छुकहरुले हरेक वर्ष नाम दर्ता र क्षेत्रीय छनौटमा भाग लिन पाउँथे । यसवर्ष भने नयाँ नाम दर्ता गर्ने अवसर मिल्ने छैन । त्यसको अर्थ हुन्छ गत वर्ष नाम दर्ता भएका र छनौटमा पर्न नसकेकाहरुलाई यसवर्ष मौका दिइने छ ।

ब्रिटिश आर्मीले अवस्था सुधार भएको खण्डमा एकैचोटी केन्द्रीय छनौट गरिने बताएको छ । सो छनौटमा गतवर्ष क्षेत्रीय र केन्द्रीय छनौट प्रक्रियामा राम्रो गर्नेलाई बोलाइने बताइएको छ ।

“हामीले ‘रेक्रुट इन्टेक २०’ को ‘रिजनल’ र ‘सेन्ट्रल सेलेक्सन’मा उत्तम नतीजा ल्याएका भाइहरुलाई मात्र बोलाउने छौँ” सूचनामा भनिएको छ ।

यसरी केन्द्रीय छनौट भएमा सेप्टेम्बर १ मा ब्रिटिश गोरखा नेपालको वेभसाइटमा सूचना प्रकाशन गरिने बताइएको छ । केन्द्रीय छनौटमा को को भाग लिन पाउँछन् उनीहरुको नाम पनि वेभसाइटमा राखिने र फोनमार्फत बोलाइने जनाइएको छ ।

दुईसय वर्षभन्दा लामो इतिहास बोकेको गोरखा भर्ती यसरी बिथोलिएको विरलै थियो । दुईवटा विश्वयुद्धका बेलासमेत भर्ती रोकिएको थिएन ।

बेलायतले हरेक वर्ष नेपालबाट युवाहरुलाई बेलायती सेनामा भर्ती गर्ने गर्छ । यसवर्ष ४३२ जनालाई बेलायती सेनामा र थप १२० जना सिंगापुर प्रहरीमा भर्ती गर्ने योजना थियो ।

पहिले पहिले गल्लावालले गाउँगाउँबाट नापजाँच गरेर क्षेत्रीय छनौटका लागि गेट पास दिने गरे पनि अहिले भर्ती हुन चाहने सबैले वेभसाइटमार्फत इच्छा जाहेर गर्न पाउँछन् ।

अहिले पूर्वको धरान र पश्चिमको पोखरामा क्षेत्रीय छनौट हुने गर्दछ । यसरी छानिएकाहरुको केन्द्रीय छनौट पोखरामा हुने गरेको छ । यदि आवेदकहरु धेरै भएको अवस्थामा दर्ताकै समयमा ‘मिड थाइ टेष्ट’ शरीरको तल्लो हिस्साको मांसपेशीको शक्ति परीक्षण गरी त्यसमा पास भएकाहरुलाई मात्र क्षेत्रीय छनौटमा लग्ने गरिन्छ ।

गोरखा सैन्यमा भर्ती हुनका लागि नेपालमा वर्षेनी हजारौँ युवाहरुले आवेदन गर्ने गरेका छन् । काठमाडौँ, पोखरा, धरान लगायतका क्षेत्रमा सञ्चालित तालिम केन्द्रहरुमा छनौटका लागि हजारौँ युवाले महिनौँदेखि पूर्व तयारी गर्ने गर्दछन् ।

ब्रिटिश आर्मीको यो सूचनाले गतवर्ष छनौटमा नपरेकाहरुलाई अरु एक मौका दिएको छ भने यसवर्ष आवेदन गर्ने योजनामा रहेकाहरुलाई निराश तुल्याएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ५० बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड