गुणस्तरहीन राहत आपूर्ति गर्ने व्यापारीलाई जरिवाना « Khabarhub

गुणस्तरहीन राहत आपूर्ति गर्ने व्यापारीलाई जरिवाना


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- धनगढी उपमहानगरपालिकाले वडा नं ४ मा वितरण गरेको राहत चामलको गुणस्तर परीक्षण र छानबिनमा गुणस्तरहीन भेटिएपछि चामलको आपूर्तिकर्ता फार्म ठाकुर ट्रेडलिङ्कलाई जरिवाना गरेको छ ।

वडाका केही स्थानीयले राहतअन्तर्गत वितरण गरिएको चामलमा किरा भेटिएको भन्दै गुनासो गरेपछि उपमहानगरपालिकाले छानबिनका लागि सम्बन्धित निकायसँग अनुरोध गरेको थियो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका निरीक्षक कमलबहादुर पुन मगरले छानबिनपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर देखिएकाले चामलको आपूर्तिकर्ता फार्म ठाकुर ट्रेडलिङ्कलाई रु दुई लाख जरिवाना गराइएको बताए ।

तोकिएको जरिवाना सात दिनसम्म दाखिला नगरेमा कारोवार बन्द गरी कारवाही अगाडि बढाउने व्यवस्था रहेको निरीक्षक पुनको भनाइ छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षक दीपक कुँवरले गलत गर्ने जो कोहीलाई पनि कारवाही गर्ने जिम्मेवारी आफूहरुको भएको बताए ।

यसैबीच गरिब तथा मजदुर वर्गलाई गुणस्तरहीन चामल वितरण गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नं वडा कमिटीले धनगढी उपमहानगरपालिका–२ को कार्यालयमा मङ्गलबार तालाबन्दी गरेको छ ।

सरकारले तोकेको मापदण्ड र मानवता नै बिर्सिएर गुणस्तरहीन राहत वितरण भएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको पार्टीका वडा कमिटी संयोजक विष्णु पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ३२ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद