लकडाउन खुकुलो पारिए अमेरिका भयावह अवस्थामा पुग्ने संक्रामक रोग विशेषज्ञ फाउचीको चेतावनी « Khabarhub

लकडाउन खुकुलो पारिए अमेरिका भयावह अवस्थामा पुग्ने संक्रामक रोग विशेषज्ञ फाउचीको चेतावनी


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी लकडाउनले जनजीवन समस्या पर्दै गएपछि अमेरिकामा लकडाउन खुकुलो बनाउने वा खोल्ने भन्ने बिषयमा बहस भइरहेका बेला संक्रामक रोग विशेषज्ञ वरिष्ठ चिकित्सक एन्थोनी फाउचीले अहिल्यै लकडाउन खोलिए घातक हुने चेतावनी दिएका छन् ।

कोरोना भाइरसविरुद्धको अभियानका मुख्य सदस्यसमेत रहेका डा.  फाउचीले अहिले नै लकडाउन खुकुलो पारेमा भाइरसको संक्रमण अति तीव्र भएर फैलिने चेतावनी दिएका हुन् ।

कोरोना भाइरसको संक्रमण भएको आशंकामा आइसोलेसनमा रहेका फाउसी नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका प्रमुख समेत हुन् ।

सिनेटमा भएको कोरोना भाइरस सम्बन्धी सुनुवाईको क्रममा डा. फाउचीले अहिले नै लकडाउन वा घरमै बस्नु पर्ने नियम खुकुलो बनाएर सामान्य जनजीवनमा फर्किन खोजिए अवस्था अति असामान्य र भयावह हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

लकडाउनको विरोधमा अमेरिकाको विभिन्न स्थानमा स्थानमा प्रदर्शन भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन हटाउनु पर्ने पक्षमा छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ५४ बजे

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।

स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण

काठमाडौं– साउथ सुपरस्टार राम चरण आफ्नो आगामी प्यान–इन्डिया चलचित्र पेड्डीको

ट्रम्पको बेइजिङ यात्रामा के के भयो उपलब्धि ? यसो भन्छन् चिनियाँ विदेशमन्त्री

बेइजिङ- गत ३१ वैशाखदेखि जेठ १ गतेसम्म दुई दिन अमेरिकी