लकडाउन खुकुलो पारिए अमेरिका भयावह अवस्थामा पुग्ने संक्रामक रोग विशेषज्ञ फाउचीको चेतावनी « Khabarhub

लकडाउन खुकुलो पारिए अमेरिका भयावह अवस्थामा पुग्ने संक्रामक रोग विशेषज्ञ फाउचीको चेतावनी


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी लकडाउनले जनजीवन समस्या पर्दै गएपछि अमेरिकामा लकडाउन खुकुलो बनाउने वा खोल्ने भन्ने बिषयमा बहस भइरहेका बेला संक्रामक रोग विशेषज्ञ वरिष्ठ चिकित्सक एन्थोनी फाउचीले अहिल्यै लकडाउन खोलिए घातक हुने चेतावनी दिएका छन् ।

कोरोना भाइरसविरुद्धको अभियानका मुख्य सदस्यसमेत रहेका डा.  फाउचीले अहिले नै लकडाउन खुकुलो पारेमा भाइरसको संक्रमण अति तीव्र भएर फैलिने चेतावनी दिएका हुन् ।

कोरोना भाइरसको संक्रमण भएको आशंकामा आइसोलेसनमा रहेका फाउसी नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका प्रमुख समेत हुन् ।

सिनेटमा भएको कोरोना भाइरस सम्बन्धी सुनुवाईको क्रममा डा. फाउचीले अहिले नै लकडाउन वा घरमै बस्नु पर्ने नियम खुकुलो बनाएर सामान्य जनजीवनमा फर्किन खोजिए अवस्था अति असामान्य र भयावह हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

लकडाउनको विरोधमा अमेरिकाको विभिन्न स्थानमा स्थानमा प्रदर्शन भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन हटाउनु पर्ने पक्षमा छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ५४ बजे

घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व संकलन पनि घट्यो

काठमाडौं– देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

काठमाडौं – यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार

पोखरा र सुदूरपश्चिम भिड्दै, कुशलको ब्याट र दीपेन्द्रको दौडलाई कसले रोक्ने ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर